नवलपुरमा थप ५ जनामा कोरोना संक्रमण पुष्टि, गण्डकी प्रदेशमा संक्रमितको संख्या १२० पुग्यो

नवलपुरमा थप ५ जनामा कोरोना संक्रमण पुष्टि, गण्डकी प्रदेशमा संक्रमितको संख्या १२० पुग्यो

Corona update 1

पोखरा । गण्डकी प्रदेशमा थप ५ जनामा कोरोना संक्रमण देखिएको छ । नवलपुरको गैडाकोट र कावासोती नगरपालिकामा गरि थप ५ जना संक्रमित थपिएको हो ।

यो सँगै गण्डकी प्रदेशमा संक्रमितको संख्या १ सय २० पुगेको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।

नवलपुरको गैडाकोट नगरपालिका स्थायी ठेगाना भई सोहि पालिकाको क्वारेन्टाइनमा बसेका ३३ र ३९ वर्षका २ पुरुष र सोही जिल्लाको कावासोती नगरपालिका स्थायी ठेगाना भई सोहि पालिकाको क्वारेन्टाइनमा बसेका २१ र ४० वर्षका दुई पुरुष त्यसै गरि ६३ वर्षिया महिलामा गरि जम्मा ५ जना संक्रमित थपिएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

संक्रमित पाँचै जनालाई नवलपुरकै रजहर स्थित सामुदायिक प्राकृतिक चिकित्सालयको आईसोलेसन कक्षमा लैजाने तयारी भई रहेको निर्देशनालयले जनाएको छ ।

आज बिहान मात्रै गण्डकी प्रदेशमा एक जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । मृतकको शव अन्त्येष्टिको भने अझैं सम्म टुंगो लाग्न सकेको छैन ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ