कोरोना संक्रमितको संख्या बढ्दै जाँदा कोरोना बीमा गर्नेहरु पनि बढ्दै गएका छन् । कोरोना बिमा रोकिएको एक दिनपछि पुन: सुरु भएपछि बिमा कम्पनीहरुमा फेरि आकर्षण बढिरहेको छ । व्यक्ति मात्र होईन संस्थागत रुपमै पनि बिमा गर्ने लहर चलेको छ ।
पोखरा ९ पृथ्वीचोकमा कार्यालय रहेको हाम्रो सहयोगी बचत तथा ऋण सहकारी संस्थाले आफ्ना संचालकहरु र कर्मचारीहरुको कोरोना बिमा गरेको छ। सिद्धार्थ इन्स्योरेन्स लि. पोखरा शाखाबाट उक्त बिमा गरेको छ।
नयाँ योजना भए पनि कोभिड–१९ बिमामा सर्वसाधारणको आकर्षण देखिएको थियो । बिमा कम्पनीहरूले कोभिड–१९ को बिमा गर्न सुरु गरेको दुई महिना पनि बित्न नपाउँदै तीन लाखभन्दा बढीले बिमा गराइसकेका छन् । सरकारसँग सहमति भएपछि कोरोना बिमा पुनः सुरु भएको हो। जोखिम वहनमा सरकारले समेत सहयोग गर्ने भएपछि बिमा समितिले सो योजना पुनस् सञ्चालन गर्न कम्पनीहरूलाई निर्देशन दिएको हो ।
कोरोना संक्रमितहरूको संख्या धेरै भएपछि बिमा कम्पनीहरूले बिहीबार कोरोना बिमा पोलिसी बन्द गर्ने घोषणा गरेका थिए । शुक्रबारदेखि लागुहुने गरी गरिएको सो घोषणापछि सरकारसँग वार्ता गर्दा सरकारले जोखिम वहनमा सहयोग गर्ने भनेपछि पुनस् सुरु गरिएको बताइएको छ।कोरोना बिमा कार्यक्रम आगामी आर्थिक वर्षको बजेट वक्तव्यमा नै समावेश कार्यक्रम हो । बजेटमा समावेश कार्यक्रम नै बन्द भएपछि अर्थमन्त्री डा. युवराज खतिवडाले पनि यसमा चासो दिएका थिए ।
स्रोतका अनुसार अर्थमन्त्री खतिवडाले नै सरकारले पनि दायित्व वहन गर्ने भनेपछि बिमा समितिले कोरोना बिमा पुनः सुरु गर्न बिमा कम्पनीहरूलाई निर्देशन दिएको हो ।६ सय रुपैयाँमा एक लाख रुपैयाँको र ३ सय रुपैयाँमा ५० हजार रुपैयाँको कोरोना बिमा गर्न सकिने व्यवस्था छ । बिमाको अवधि एक वर्ष हुने व्यवस्था गरिएको छ ।
बिमा गरेका कसैलाई १५ दिनपछि कोरोना (पीसीआर परीक्षण) पोजिटिभ देखिएको अवस्थामा एक लाखको गरे एक लाख र ५० हजारको गरे ५० हजार रुपैयाँ बिमा दाबी भुक्तानी हुनेछ । सरकारले आगामी आथिक वर्षको बजेटमा नै कोरोना बिमा हुने उल्लेख गरेको थियो । सामूहिक कोरोना बिमा गर्दा प्रिमियममा ५० प्रतिशत छुट दिने बजेटमा उल्लेख छ ।
सम्बन्धित खबर
फेदीखोलामा चिया खाजा घरमा चोरी, एक जना पक्राउ
ट्याङ्की मर्मत गरेर फर्किने क्रममा भीरबाट खस्दा गल्याङमा एक जनाको ज्यान गयो
पुलिसलाई हराउँदै न्यू डायमण्डले जित्यो टाइगर कपको महिलातर्फको उपाधि
होराइजन क्लब वालिङ्ले जित्यो २६ औं आदर्श कप
प्रथम खुमा अर्याल कप टी–२० क्रिकेट लिग रनिङ शिल्ड प्रतियोगिताको उपाधि गल्याङलाई
प्रेस चौतारी पत्रकारिता पुरस्कार रामजीलाई, विष्णुलाई सम्मान
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
जनार्दनले ओलीको साथ लिएपछि गोरखामा मिलन चक्रेलाई समर्थन गर्नुपर्ने नैतिक दबाबमा बाबुराम
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो