गण्डकी प्रदेशमा थप २४ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १४४ पुग्यो

गण्डकी प्रदेशमा थप २४ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १४४ पुग्यो

Corona update 1

पाेखरा । गण्डकी प्रदेशका तीन जिल्लामा थप २४ जनामा कोरोना संक्रमण देखिएको हो ।

नवलपुरमा १२, म्याग्दीमा ८ र बागलुङमा ४ जनामा संक्रमण पुष्टि भएकाे स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।

उनीहरु सबैकाे स्वाब परीक्षण पाेखराकै प्रयाेगशालामा गरिएकाे हाे ।

याेसँगै गण्डकी प्रदेशमा संक्रमितकाे संख्या १ सय ४४ पुगेकाे प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएकाे छ ।

थपिएका नवलपुरकाे बौंदीकाली गाउँपालिका घर भएर पालिकाकै क्वारेन्टाइनमा रहेका ४०, १९, ३०, १८, २२, २१, १९, २२, ४०, २०, १८ र ३० वर्षका १२ जना पुरुषमा कोरोना संक्रमणको पुष्टि भएको छ ।

उनीहरुलाई नवलपरासी जिल्ला (बर्दघाट सुस्ता पूर्व) जिल्लाको रजहर स्थित सामुदायिक प्राकृतिक चिकित्सालयको आईसोलेसन कक्षमा लैजाने तयारी भैरहको छ ।

त्यस्तै म्याग्दी जिल्लाकाे बेनी नगरपालिका घर भएर पालिकाको क्वारेन्टाइनमा रहेका ४६ वर्षे १ जना पुरुषमा कोरोना संक्रमणको पुष्टि भएको छ ।

त्यसैगरि बाग्लुङ जिल्लाको निसीखोला गाउँपालिका स्थायी ठेगाना भई सोहि पालिकाको क्वारेन्टाइनमा रहेका २१, २६ र २७ वर्षका का ३ जना पुरुष र बरेङ गाउँपालिका घर भई साेही पालिकाको क्वारेन्टाइनमा रहेका २४, २२, १८, २४, १८, ४९, २३ र २७ का ८ जना पुरुषमा कोरोना संक्रमणको पुष्टि भएको छ ।

उनीहरुलाई सम्बन्धित जिल्लाको सरकारी अस्पतालको आईसोलेसन कक्षमा लैजाने तयारी भरहेको छ ।

गण्डकीमा काेराेनाबाट १ जनाकाे मृत्यु भएकाे छ ।

स्याङ्जाकाे वालिङ नगरपालिका ३ घर भएका उनी मृगाैला, टिबी लगायत राेगबाट ग्रसित थिए ।

उनी परिवारसहित केही दिन अघि मात्र भारतबाट नेपाल आएका थिए ।

उनको शव पोखराको रिठ्ठाघाटमा गाडिएकाे छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ