पोखरा । विश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको कारण सरकारले देशलाई पुरै लकडाउन गरेको अवस्थामा पोखरा १४ मनकामना टोलका दैनिक काम गरेर गुजार चलाउने वर्गहरु समस्या परेको कुरा लाई मध्यनजर गर्दै अति बिपन्न ४० परिवारलाई छनोट गरि राहत स्वरुप सहिद क्षेत्र बहादुर केसि स्मृति प्रतिष्ठानले खाद्यान्न बितरण गरेको छ ।
सहिद क्षेत्र बहादुर केसि को १५ औ स्मृती दिबस पारेर आज मनकामना टोलका अति बिपन्न र कहि कतै बाट राहत नपाएका लाइ राजनीति, जाति, धर्म, वर्ग र सम्प्रदाय भन्दामाथि उठेर राहत वितरण गरिएको हो ।
पोखरा महानगरपालिका वडा नं. १४ सँग समन्वय गरी राहत वितरण गरिएको कार्यक्रममा पोखरा १४ का वडाध्यक्ष प्रेमबहादुर कार्कीले राहात दाताहरुसँग समन्वय गरी वडामा राहत बाडिरहेको बताए ।
उनले जन स्तरका संघ, संस्थाबाट स्थानीय सरकारसँग समन्वय गरी यस खालका कार्यक्रम हुनु प्रशंसनीय भएको बताए ।
स्व. क्षेत्र केसि समाजमा चिर प्रतिष्ठित ब्यक्ती हुनुहुन्थ्यो ।
हाल पोखरा महानगरपालिका १४ साबिक पोखरा नगरपालिका वडा न. १८ को वडा अध्यक्ष ३ पटक सम्म, पोखरा नगर उपत्यकाको अध्यक्ष र कास्की जिल्ला राप्रपाको अध्यक्ष समेत हुनु भएका केसि लाई सम्झिदै एक ब्यक्तिले आज हामी माझ उहाँ नरहे पनि अजै सम्पुर्ण जनता को मन र मस्तिष्कमा हुनुहुन्छ भन्दै सम्झिएका थिए ।
प्रतिष्ठाले गर्ने हरेक बर्ष स्मृतिमा कार्यक्रम गर्दै आएको र राहत बितरण कार्यक्रम मा विभिन्न संघ सस्था बाट आउनु भएका सम्पुर्णलाई प्रतिष्ठानका अध्यक्ष मिलन केसि ले धन्यवाद व्यक्त गर्दौ आउँदा दिन पनि एस्ता कार्यक्रमलाई निरन्तरता दिने बताएका थिए भने सचीव रामजि जिसि ले कार्यक्रम सन्चालन गरेका थिए ।
सम्बन्धित खबर
अपिहिमाल र अर्जुनचौपारीबीच विकास साझेदारी : पाँच वर्षीय भगिनी सम्बन्ध सम्झौता
एन प्याब्सनको बृहत् बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद, १५ सय विद्यार्थी प्रतिस्पर्धा गर्दै
‘प्रथम वालिङ सडक खाना महोत्सव’ भोलि एक दिन थपिने
बिरुवा राष्ट्रपति रनिङ शिल्डको उपाधि भुरुङचौकी माविलाई
फेदीखोलामा नदीजन्य पदार्थ उत्खनन र ओसारपसार गर्ने दुई ट्याक्टर नियन्त्रण
सडक खाना महोत्सवका अवसरमा वालिङमा सार्वजनिक बिदा
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’