पोखरा । विश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको कारण सरकारले देशलाई पुरै लकडाउन गरेको अवस्थामा पोखरा १४ मनकामना टोलका दैनिक काम गरेर गुजार चलाउने वर्गहरु समस्या परेको कुरा लाई मध्यनजर गर्दै अति बिपन्न ४० परिवारलाई छनोट गरि राहत स्वरुप सहिद क्षेत्र बहादुर केसि स्मृति प्रतिष्ठानले खाद्यान्न बितरण गरेको छ ।
सहिद क्षेत्र बहादुर केसि को १५ औ स्मृती दिबस पारेर आज मनकामना टोलका अति बिपन्न र कहि कतै बाट राहत नपाएका लाइ राजनीति, जाति, धर्म, वर्ग र सम्प्रदाय भन्दामाथि उठेर राहत वितरण गरिएको हो ।
पोखरा महानगरपालिका वडा नं. १४ सँग समन्वय गरी राहत वितरण गरिएको कार्यक्रममा पोखरा १४ का वडाध्यक्ष प्रेमबहादुर कार्कीले राहात दाताहरुसँग समन्वय गरी वडामा राहत बाडिरहेको बताए ।
उनले जन स्तरका संघ, संस्थाबाट स्थानीय सरकारसँग समन्वय गरी यस खालका कार्यक्रम हुनु प्रशंसनीय भएको बताए ।
स्व. क्षेत्र केसि समाजमा चिर प्रतिष्ठित ब्यक्ती हुनुहुन्थ्यो ।
हाल पोखरा महानगरपालिका १४ साबिक पोखरा नगरपालिका वडा न. १८ को वडा अध्यक्ष ३ पटक सम्म, पोखरा नगर उपत्यकाको अध्यक्ष र कास्की जिल्ला राप्रपाको अध्यक्ष समेत हुनु भएका केसि लाई सम्झिदै एक ब्यक्तिले आज हामी माझ उहाँ नरहे पनि अजै सम्पुर्ण जनता को मन र मस्तिष्कमा हुनुहुन्छ भन्दै सम्झिएका थिए ।
प्रतिष्ठाले गर्ने हरेक बर्ष स्मृतिमा कार्यक्रम गर्दै आएको र राहत बितरण कार्यक्रम मा विभिन्न संघ सस्था बाट आउनु भएका सम्पुर्णलाई प्रतिष्ठानका अध्यक्ष मिलन केसि ले धन्यवाद व्यक्त गर्दौ आउँदा दिन पनि एस्ता कार्यक्रमलाई निरन्तरता दिने बताएका थिए भने सचीव रामजि जिसि ले कार्यक्रम सन्चालन गरेका थिए ।
सम्बन्धित खबर
सडकको नालीमा बेवारिसे भरुवा बन्दुक फेला
दोहोरो नागरिकता प्रकरणमा पक्राउ परेका दिदी–भाइ धरौटीमा रिहा
स्याङ्जाका ९७ वडामध्ये ९६ मा कांग्रेस नेतृत्व निर्विरोध
विदेशसम्म पुग्न थाले चापाकोटका काठे ठेकी
स्याङ्जाका ८३ वडामा कांग्रेसको वडा अधिवेशन सम्पन्न, १४ वडामा आज
अर्जुनचौपारी स्वास्थ्य चौकी लगातार दोस्रोपटक जिल्लामै उत्कृष्ट
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने
अमेरिका जान लागेका प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन