कास्कीमा क्रियाशील पत्रकारहरुको कोरोना बीमा गर्न सुरु गरिएको छ । नेपाल पत्रकार महासंघ, कास्की शाखाले मुलुकमा कोरोनाको संक्रमण बढेसंगै महासंघमा आबद्ध पत्रकारहरुको कोरोना बीमा गर्न सुरु गरेको हो । महासंघमा आबद्ध साधारण सदस्यहरुको महासंघले र अन्य सक्रिय पत्रकारको सम्बन्धित मिडिया हाउसले कोरोना बीमा गर्न सुरु गरेका हुन् ।
मंगलबार महासंघमा आवद्ध भएका सदस्यहरुको एक सय भन्दा बढीको कोरोना बीमा गरिएको महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठले बताए । अन्य सदस्यहरुको बुधबार पनि कोरोना बीमा गरिने भएको उनले जनाए ।
सिद्धार्थ ईन्स्योरेन्स कम्पनीसंग महासंघले कोरोना बीमा सम्झौता समेत गरेको छ । बीमकको तर्फबाट सिद्धार्थ ईन्स्योरेन्स कम्पनी पोखराका शाखा प्रमुख गोबिन्द प्रसाद देवकोटा र बीमितको तर्फबाट नेपाल पत्रकार महासंघ कास्की शाखाका अध्यक्ष दीपेन्द्र श्रेष्ठले सम्झौता पत्रमा दस्तखत गरेका हुन्।
साक्षीमा भने महासंघ कास्कीका सहसचिव दीननाथ बराल र सिद्धार्थ ईन्स्योरेन्सका अमिर बराल रहेकाछन्। कोरोना बीमा बापत महासंघले प्रति व्यक्ति ६ सय उक्त कम्पनीलाई उपलब्ध गराउनेछ । बीमा पश्चात् १५ दिनपछि पत्रकारमा कोरोना पुष्टि भएमा कम्पनीले नियम अनुसार एक लाख रुपैया उपलब्ध गराउनेछ ।
महासंघ कास्कीको सोमबार आयोजना भएको अनलाइन मिटिङले महासंघका सदस्य पत्रकारहरुको कोरोना बिमा गर्ने निर्णय गरेको थियो । महासंघ कास्कीमा करिब ३ सय पत्रकार आवद्ध रहेको सचिव रामप्रसाद तिमिल्सिनाले जनाए । पोखराका केही संचार माध्यमहरुले भने केही दिन अघि नै आफ्ना पत्रकार सहित कर्मचारीहरुको कोरोना बीमा गराएका छन्। बाँकीको गर्न महासंघले अनुरोध समेत गरेको छ ।
तमु धीं यूकेको १ लाख ८० हजार सहयोग
पत्रकार महासंघ कास्कीले तमु धीं एशोसियसन यूकेको सहयोगमा कोरोना बीमा सुरु गरेको हो । तमु धिँ यूकेले प्रति पत्रकार ६ सय रुपैंयाको बीमा गर्न १ लाख ८० हजार रुपैंया पठाएको अध्यक्ष श्रेष्ठले जानकारी दिए ।
केही मिडिया हाउसले आफ्ना पत्रकारहरुको बीमा गरिसकेकाले बाँकी रकम फोनिज कास्कीलाई दिने सोच समेत बनाएको उनले बताएका छन् । जसबाट महासंघमा आबद्ध नभएका सक्रिय जनजाति पत्रकार लाभान्वित हुनेछन् । उनले पत्रकारहरुलाई आवश्यक मास्क र सेनिटाइजर समेत महासंघले उपलब्ध गराउँदै आएको र सुरक्षित रुपमा जिम्मेवार पत्रकारिता गर्न आग्रह समेत गरेका छन् ।
तमु धीं एशोसियसन युकेका अध्यक्ष नन्दजङ्ग गुरुङले कोभिड १९ को जोखिमको बेला कार्यरत पत्रकारहरुका लागि तमु धींले सहयोग गरेको बताएका छन् । बेलायतमा २० वर्ष अघि स्थापना भएको तमु धी एशोसियसन युकेले त्यहाँका तमु समुदायसँगै पोखरामा समेत विभिन्न समाजसेवामूलक कार्यक्रम, खेलकुदको क्षेत्रमा योगदान पु¥याउँदै आएको छ ।
सम्बन्धित खबर
प्रतिभा सुपर लिग क्रिकेट सुरू, प्रतिभा र बाल मन्दिरको विजयी सुरूवात
स्याङ्जाका ५६ मतदान स्थल अति संवेदनशील
सिद्धार्थ राजमार्गमा दुर्घटनापछि कुटपिट, भीरकोटका युवक प्रहरी नियन्त्रणमा
स्याङ्जाका पत्रकार न्यौपाने एनटिभीबाट सम्मानित
फेदीखोलामा चिया खाजा घरमा चोरी, एक जना पक्राउ
ट्याङ्की मर्मत गरेर फर्किने क्रममा भीरबाट खस्दा गल्याङमा एक जनाको ज्यान गयो
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ