काठमाडौ । डिजी स्कुल ग्लोबलले विद्यालयका सम्पुर्ण गतिविधिलाई अनलाइनका माध्यमबाट व्यवस्थित गरि स्मार्ट स्कुलको अवधारणामा ‘स्कुल म्यानेजमेन्ट सफ्टवेयर’ तयार गरेको छ ।
बेलायतको एनसिसि एजुकेसनले स्कुले विद्यार्थीका लागी तयार गरेको कम्प्युटर पाठ्यक्रम ‘डिजी स्कुल’लाई नेपालमा प्रवर्द्धन गर्दै आएको डिजी स्कुल ग्लोबलले ‘विद्यालय सपोर्ट कार्यक्रम’ अन्तरगत सफ्टवेयर तयार गरेको बताइएको छ ।
डिजी स्कुलको कम्प्युटर कोर्ष लागु भएका विद्यालयलाई पाँच बर्षका लागि र अन्य सबै विद्यालयलाई एक बर्षका लागि सफ्टवेयर नि:शुल्क दिइने डिजी स्कुल ग्लोबलका प्रवर्द्धक सफ्टवेरिका कलेजका अध्यक्ष विज्ञान श्रेष्ठले बताए ।
सफ्टवेयर लागू गर्न चाहने स्कुलले ९८०१२२४२७७ मा वा [email protected] सम्पर्क गर्न सक्ने सफ्टवेयर संयोजक मनिषा खड्काले बताइन् ।
के छ त स्कुल म्यानेजमेन्ट सफ्टवेयरमा ?
विद्यार्थी तथा शिक्षकको डाटाबेस, हाँजिरी र विदा, शुल्क सङ्कलन, रिसेप्सन अभिलेख, आम्दानी तथा खर्च सबैको ब्यवस्थापन स्फ्ट्वेर मार्फत हुनेछ ।
अनलाइन परिक्षा प्रणाली समेत हुने सफ्टवेयरमा भौतिक रुपमा लिइएको परिक्षाको अभिलेख समेत राख्न मिल्नेछ। गृहकार्य दिने/लिने साथै विद्यार्थी र शिक्षकलाई आवस्यक विभिन्न पाठ्य सामग्री डाउनलोड गर्ने सुविधा समेत सफ्टवेयरमा उपलब्ध छ ।
शिक्षकहरुको आन्तरिक संचार देखि अभिभावक सँगको अनलाइन संचार, लाइब्रेरीको अभिलेख, जिन्सी खाता तथा मानव संसाधनको अभिलेख सफ्टवेयरको माध्यमबाट हुनेछ ।
स्कुल बस र होस्टेलको सम्पुर्ण गतिविधिको अभिलेख सफ्टवेयरबाट गर्न सकिन्छ ।
विद्यार्थीको प्रगति बिवरण र प्रमाणपत्र तथा लब्धाङ्कपत्र हेर्न र प्रीन्ट गर्न मिल्ने ब्यवस्था सँगै शैक्षिक क्यालेन्डरको अपडेट सुबिधा समेत सफ्टवेयरमा छ ।
सम्बन्धित खबर
फेदीखोलाका विद्यार्थीले बनाए एआई च्याटबोट, ‘जोया’ बन्यो उत्कृष्ट परियोजना
स्याङ्जाका विद्यार्थीले देखाए विज्ञानप्रतिको रुचि, विद्यालयमै चम्किए नयाँ आविष्कार
डिजिटल सुरक्षाको नयाँ बाटो: स्याङ्जाका युवाको फरक यात्रा
मंग्रह ग्रह छाडेर चन्द्रमामा बस्ती बसाउने मस्कको योजना !
फेसबुक, इन्स्टा, ह्वाट्सअप चलाउने कम्पनी मेटा सम्पर्कमा, दर्ता प्रक्रियाको जानकारी माग गरेको मन्त्रालयको भनाई
रातिदेखी नेपालमा कुन-कुन सामाजिक सञ्जाल चल्छन्, कुन चल्दैनन् ? (सूचीसहित)
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु