स्मार्ट स्कुलको अवधारणा: डिजी स्कुलले बनायो स्कुल म्यानेजमेन्ट सफ्टवेयर

स्मार्ट स्कुलको अवधारणा: डिजी स्कुलले बनायो स्कुल म्यानेजमेन्ट सफ्टवेयर

received_1209103819481301

काठमाडौ । डिजी स्कुल ग्लोबलले विद्यालयका सम्पुर्ण गतिविधिलाई अनलाइनका माध्यमबाट व्यवस्थित  गरि स्मार्ट स्कुलको अवधारणामा ‘स्कुल म्यानेजमेन्ट सफ्टवेयर’ तयार गरेको छ ।

बेलायतको एनसिसि एजुकेसनले स्कुले विद्यार्थीका लागी तयार गरेको कम्प्युटर पाठ्यक्रम ‘डिजी स्कुल’लाई नेपालमा प्रवर्द्धन गर्दै आएको डिजी स्कुल ग्लोबलले ‘विद्यालय सपोर्ट कार्यक्रम’ अन्तरगत सफ्टवेयर तयार गरेको बताइएको छ ।

डिजी स्कुलको कम्प्युटर कोर्ष लागु भएका विद्यालयलाई पाँच बर्षका लागि र अन्य सबै विद्यालयलाई एक बर्षका लागि सफ्टवेयर नि:शुल्क दिइने डिजी स्कुल ग्लोबलका प्रवर्द्धक सफ्टवेरिका कलेजका अध्यक्ष विज्ञान श्रेष्ठले बताए ।

सफ्टवेयर लागू गर्न चाहने स्कुलले ९८०१२२४२७७ मा वा [email protected] सम्पर्क गर्न सक्ने सफ्टवेयर संयोजक मनिषा खड्काले बताइन् ।

के छ त स्कुल म्यानेजमेन्ट सफ्टवेयरमा ?

विद्यार्थी तथा शिक्षकको डाटाबेस, हाँजिरी र विदा, शुल्क सङ्कलन, रिसेप्सन अभिलेख, आम्दानी तथा खर्च सबैको ब्यवस्थापन स्फ्ट्वेर मार्फत हुनेछ ।

अनलाइन परिक्षा प्रणाली समेत हुने सफ्टवेयरमा भौतिक रुपमा लिइएको परिक्षाको अभिलेख समेत राख्न मिल्नेछ। गृहकार्य दिने/लिने साथै विद्यार्थी र शिक्षकलाई आवस्यक विभिन्न पाठ्य सामग्री डाउनलोड गर्ने सुविधा समेत सफ्टवेयरमा उपलब्ध छ ।

शिक्षकहरुको आन्तरिक संचार देखि अभिभावक सँगको अनलाइन संचार, लाइब्रेरीको अभिलेख, जिन्सी खाता तथा मानव संसाधनको अभिलेख सफ्टवेयरको माध्यमबाट हुनेछ ।

स्कुल बस र होस्टेलको सम्पुर्ण गतिविधिको अभिलेख सफ्टवेयरबाट गर्न सकिन्छ ।

विद्यार्थीको प्रगति बिवरण र प्रमाणपत्र तथा लब्धाङ्कपत्र हेर्न र प्रीन्ट गर्न मिल्ने ब्यवस्था सँगै शैक्षिक क्यालेन्डरको अपडेट सुबिधा समेत सफ्टवेयरमा छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ