नवलपुरको गैंडाकोटमा थप २ जनामा कोरोना संक्रमण पुष्टि, गण्डकीमा संक्रमितको संख्या १४७ पुग्यो

नवलपुरको गैंडाकोटमा थप २ जनामा कोरोना संक्रमण पुष्टि, गण्डकीमा संक्रमितको संख्या १४७ पुग्यो

Corona Update1

नवलपुर । नवलपुरको गैंडाकोटमा थप २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नवलपुर (नवलपरासी जिल्ला, बर्दघाट सुस्ता पूर्व)को गैंडाकोट नगरपालिका स्थायी ठेगाना भई सोहि पालिकाको क्वारेन्टाइनमा रहेका वर्ष २३ र २६ का २ जना पुरुषमा कोरोना संक्रमणको पुष्टि भएको हो ।

उनिहरुलाई नवलपुरको रजहर स्थित सामुदायिक प्राकृतिक चिकित्सालयको आईसोलेसन कक्षमा राखिएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।

योसंगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ सय ४७ पुगेको छ ।

आज बिहान मात्रै नवलपुरको देबचुली नगरपालिका स्थायी ठेगाना भई सोहि पालिकाको क्वारेन्टाइनमा रहेका वर्ष ४० का १ जना पुरुषमा कोरोना संक्रमणको पुष्टि भएको थियो ।

नवलपुरमा बुधबार भेटिएको तीन जनासहित नवलपुरमा संक्रमितको संख्या ३७ पुगेको छ ।

भरतपुर प्रयोगशाला परीक्षण गरिएको मध्ये गैंडकोट नगरपालिकाका दुईजना र देवचुली नगरपालिकाका एकजनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला जनस्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशव चापागाईले जानकारी दिए ।

नवलपुरको गैंडाकोटमा थप २ जनामा कोरोना संक्रमण पुष्टि, गण्डकीमा संक्रमितको संख्या १४७ पुग्यो

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ