म्याग्दीको कोटगाउँमा रोड छेउको माटोले गोठ पुरिँदा बज्यै नातिनीको मृत्यु

म्याग्दीको कोटगाउँमा रोड छेउको माटोले गोठ पुरिँदा बज्यै नातिनीको मृत्यु

kotgau

म्याग्दीको रघुगंगा गाउँपालिका–६ कोटगाउँमा गएराति पहिरोले पुरिएर दुई जनाको मृत्यु भएको छ । राति बर्षासंगै आएको बाढीले पुरिएर स्थानीय ५० बर्षिया हमायाँ शेरपुञ्जा र नातिनी ४ बर्षिया सिमरन छन्त्यालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

सिमरन शेरपुञ्जाको छोरीतर्फकी नातिनी हुन् । गोठमा बसेका उनीहरुलाई गोठमाथिबाट खनिएको मोटरबाटोको छेउमा फालिएको माटोलाई बाढीले बगाउँदा गोठ र गोठभित्र रहेका उनीहरु पुरिएर ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक धु्रवप्रसाद शर्माले जानकारी दिए । मंगलबार राति ११ बजेतिर उनीहरु सुतिरहेको गोठ लेदो सहितको पहिरोले पुरिएको हो ।

बाढी र पहिरोले पुरिएर ढुङ्गा, माटोले बनेको जस्ताको छानो भएको कच्चि गोठमा रहेका अन्नपात, भाडाबर्तन लगायत सबै नष्ट भएको छ । पशु चौपायको भने क्षति भएको छैन ।

तस्विरः म्याग्दी अनलाइन

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ