गण्डकी प्रदेशमा कोरोना अपडेटः कोरोनासँग जुधेका १४७, यसमध्ये जित्ने १०, हार्ने १

गण्डकी प्रदेशमा कोरोना अपडेटः कोरोनासँग जुधेका १४७, यसमध्ये जित्ने १०, हार्ने १

Dhaulagiri Syangja

स्याङ्जा र बागलुङमा ७ जना संक्रमितले कोरोना जितेर घर फर्केका छन् । यो सँगै गण्डकी प्रदेशमा कोरोना निको भएर घर फिर्ता हुनेको संख्या १० पुगेको छ ।

जिल्ला अस्पताल स्याङ्जा र बागलुङको आइसोलेसन वार्डमा उपचाररत ७ बिरामीको स्वाब जाँच्दा नेगेटिभ आएपछि अस्पतालले उनीहरुलाई घर पठाएको हो । स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार बाग्लुङको धौलागिरी अस्पतालमा आईसोलेसन कक्षमा उपचाररत तमानखोला गाउँपालिकाका २७, २७ वर्षका २ पुरुष र बडीगाड गाउँपालिका १९ र २० वर्षका २ पुरुष गरि ४ जना निको भएर डिस्चार्ज भएका छन् ।

नमुना संकलन गरि पुन परिक्षण गर्दा रिपोर्ट नेगेटिभ आएपछि उनीहरुलाई डिस्चार्ज गरिएको निर्देशनालयले जनाएको छ । योसँगै बागलुङमा कोरोना जितेर घर फर्किनेको संख्या ६ पुगेको छ । यसअघि १९ वर्षकी युवती र ६५ वर्षे वृद्ध कोरोनामुक्त भएका थिए ।

आज बिहान  स्याङ्जाका ३ संक्रमितलाई जिल्ला अस्पतालले बिदाइ गरेको थियो । स्याङ्जा जिल्ला अस्पतालको आईसोलेसन कक्षमा उपचाररत वालिङ नगरपालिका २१ वर्षिय १ पुरुष र गल्याङ नगरपालिका २७ र ४० वर्षका २ जना पुरुषहरु निको भएर घर फिर्ता भए  । संक्रमित तीनै जनाको नमुना संकलन गरि पुनः परिक्षण गर्दा रिपोर्ट नेगेटिभ आएपछि उनीहरुलाई डिस्चार्ज गरिएको निर्देशनालयले जनाएको छ ।

पछिल्लो अपडेटअनुसार गण्डकी प्रदेशमा संक्रमितको संख्या १४७ पुगेको छ । गण्डकी प्रदेशमा मृत्यु हुनेको संख्या  १ छ । स्याङ्जा वालिङ ३का ५८ वर्षीय पुरुषको ज्यान गएको हो ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds