तनहुँ घिरिङका कोरोना संक्रमित भारतबाट जेठ १६ गते आएका थिए, तनहुँमा संक्रमितको संख्या ४ पुग्यो

तनहुँ घिरिङका कोरोना संक्रमित भारतबाट जेठ १६ गते आएका थिए, तनहुँमा संक्रमितको संख्या ४ पुग्यो

Corona Trot Swap

किरण श्रेष्ठ, तनहुँ । तनहुँको घिरिङ गाउँपालिकाका कोरोना भाइरस (कोभिड १९) बाट संक्रमित युवक (१९ वर्षीय पुरुष) भारतबाट गत जेठ १६ गते तनहुँ आइपुगेका थिए ।

उनलाई घिरिङ गाउँपालिकाले वडा नम्बर ३ स्थित चन्द्रज्योति माविमा बनाएको क्वारेन्टाइनमा राखिएको थियो । आज शुक्रबार (जेठ ३० गते) घिरिङ-४ का १९ वर्षीय पुरुषमा शुक्रबार कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।

कोरोना संक्रमित युवक ४ जनाको समुहमा आएर क्वारेन्टाइनमा बसेको तथ्याङ्ग गाउँपालिका संग रहेको घिरिङ गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख कृष्ण प्रसाद रिमालले जानकारी दिए ।

यसअघि ऋषिङ गाउँपालिकाका ३ जनामा कोरोना संक्रमण देखिएको थियो । योसंगै तनहुँमा संक्रमितको संख्या ४ पुगेको छ ।

तनहुँमा पहिलो जेठ १८ गते ऋषिङका १ जनामा र दोस्रो जेठ २३ गते शुक्रबार ऋषिङका २ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

संक्रमित संगै एउटै कोठामा अन्य २ जना

घिरिङका कोरोना संक्रमित संगै चन्द्रज्योति माविमा बनाईएको क्वारेन्टाइनको एउटै कोठामा अन्य २ जना समेत बस्दै आएका छन् ।

अन्य २ जनाको पनि कोरोना परीक्षणका लागि स्वाब संकलन गरी पोखरा पठाइएको तर रिपोर्ट नआएको घिरिङ गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख कृष्ण प्रसाद रिमालले जानकारी दिए ।

‘कोरोना संक्रमित संगै एउटै कोठामा अन्य २ जना पनि बस्दै आएका थिए ।’ प्रमुख रिमालले भने ‘कोठामा संगै बस्ने अन्य २ जनाको पीसीआर रिपोर्ट भने आउन बाँकी छ।’

उक्त चन्द्रज्योति माविको क्वारेन्टाइनमा २९ जना बस्दै आएको छन् । सो क्वारेन्टाइनमा बस्दै आएका २ जनाको केहि दिन अघि पीसीआर रिपोर्ट नेगेटिभ आएको र १४ दिनको क्वारेन्टाइन बसाई पुरा भएको हुँदा घर पठाईएको प्रमुख रिमालले जानकारी दिए ।

उनले थपे ‘एक जनाको भने आज रिपोर्ट पोजेटिभ देखियो ।’ उक्त विद्यालयमा बनाइएको क्वारेन्टाइनको क्षमता ३५ बेडको हो ।

आज शुक्रबार (जेठ ३० गते) कोरोना संक्रमण पुष्टि भएका १९ वर्षीय पुरुषलाई आइसोलेशनमा ल्याउने तयारी भईरहेको छ ।

कोरोना पुष्टि भएका युवकलाई शुक्लागण्डकी नगरपालिका स्थित जीपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र बेलचौताराको आइसोलेशनमा उपचारका लागि पठाईने जिल्ला स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शंकरबाबु अधिकारीले बताए ।

घिरिङ गाउँपालिकाको क्वारेन्टाइनमा १०५ जना

अहिले घिरिङ गाउँपालिकाको क्वारेन्टाइनमा १ सय ५ जना रहेका छ्न । जसमध्ये कोरोना परीक्षणका लागि ५२ जनाको थ्रोट स्वाब संकलन गरी पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाईएको थियो तर अहिलेसम्म २६ मात्रै रिपोर्ट आएको घिरिङ गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख कृष्ण प्रसाद रिमालले जानकारी दिए ।

१ जनाको पोजेटिभ र २५ जनाको नेगेटिभ रिपोर्ट आएको उनले बताए ।

गत जेठ १८ गते आइतबार ऋषिङ गाउँपालिकाका वडा नम्बर ४ स्थायी ठेगाना भएका भारतबाट फर्किएका व्यास नगरपालिकाको क्वारेन्टाइनमा बसेका २८ वर्षीय एक पुरुषमा कोरोना संक्रमण देखिएको थियो ।

त्यस्तै जेठ २३ शुक्रबार ऋषिङ गाउँपालिकाले ऋषिङ-१ झापुटार स्थित शुक्ला माविमा बनाएको क्वारेन्टाइनमा बसेको भारतको नयाँ दिल्लीबाट आएका २ जना पुरुषमा कोरोना संक्रमण देखिएको थियो ।

संक्रमितको उपचार जीपीको आइसोलेसनमा

जिल्लाका ३ जना कोरोना संक्रमितको शुक्लागण्डकी नगरपालिका स्थित जीपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रको आइसोलेशनमा उपचार भईरहेको छ । आज संक्रमण पुष्टि भएकाको पनि त्यहि उपचार हुनेछ ।

क्षमता अनुसार पहिलो चरणमा कोरोना संक्रमित सम्पुर्णलाई जीपी कोइरालाको आइसोलेसनमै राखिने प्रमुख जिल्ला अधिकारी बद्रिनाथ अधिकारीले जानकारी दिए ।

संक्रमितहरुको स्वास्थ्य अवस्थामा सामान्य रहेको अस्पतालका कार्यकारी निर्देशक रामकुमार श्रेष्ठले बताए । शुक्रबार तनहुँका एक जनासहित गण्डकी प्रदेशका थप ३७ जनामा कोरोना संक्रमण पुष्टि भए संगै गण्डकी प्रदेशमा कुल कोरोना संक्रितको संख्या १ सय ८८ पुगेको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।

तनहुँका स्थानीय तहले आफ्नै लगानीमा कोरना परीक्षणका लागी पीसीआर मेसिन खरीद गर्ने

तनहुँका स्थानीय तहले आफ्नै लगानीमा कोरना परीक्षणका लागी पीसीआर मेसिन खरीद गर्ने भएको छ । बिहिबार म्याग्दे गाउँपालिकामा बसेको स्थानिय तहका प्रमुखहरुको वैठकले उक्त निर्णय गरेको हो ।

तनहुँका १० वटा स्थानीय तहहरुले सयुक्त रुपमा पीसीआर मेसिन खरीद गर्ने निर्णय गरेका हुन् ।

उक्त पीसीआर मेसिन जिपि काेईराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र बेलचौतारामा राखिने समेत निर्णय गरिएको म्याग्दे गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिराम नागिलाले जानकारी दिए ।

पिसिआर प्रयोगशालाका लागि आवश्यक जनशक्ति स्वास्थ्य निर्देशनालय गण्डकीसंग माग गर्ने निर्णय गरिएको छ ।

पीसीआर मेसिन खरिद सहित पूर्वाधार निर्माणका लागि एक करोड खर्च हुनु अनुमान गरिएको छ । उक्त खर्च तनहुँका स्थानीय तहले प्रतिशतका आधारका बेहोर्ने निर्णय गरिएको छ ।

यो पनि:

तनहुँका एक सहित गण्डकी प्रदेशका थप ३७ जनामा कोरोना, संक्रमितको संख्या १८८ पुग्यो

तनहुँका स्थानीय तहले कोरोना परीक्षणका लागी पीसीआर मेसिन खरीद गर्ने, जीपी कोइरालामा राखिने

तनहुँ ऋषिङका दुबै कोरोना संक्रमित भारतको दिल्लीबाट आएका थिए जेठ ११ गते, जीपीको आइसोलेसनमा लगियो


तनहुँका थप २ जनामा कोरोना संक्रमण पुष्टि, गण्डकी प्रदेशमा संक्रमितको संख्या ५६ पुग्यो

तनहुँको पहिलो कोरोना संक्रमितलाई जी.पी. कोइराला श्वासप्रश्वास उपचार केन्द्रको आइसोलेसनमा राखियो

पहिलो कोरोना संक्रमित १ हप्ताअघि भारतबाट आएका थिए, १० जनाकाे टाेली

तनहुँमा पहिलाे व्यक्तिमा काेराेना पुष्टि, गल्याङमा २ थपिए, गण्डकीमा २४ पुग्याे

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ