६ वर्षीय बालकसहित गण्डकी प्रदेशका थप ५ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १९७ पुग्यो

६ वर्षीय बालकसहित गण्डकी प्रदेशका थप ५ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १९७ पुग्यो

Corona update 1

पोखरा । गण्डकी प्रदेशमा ६ वर्षीय बालकसहित थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीद्वारा शनिबार बिहान जारी गरिएको प्रेस विज्ञप्तिमा थप ५ जना संक्रमित थपिएको जनाइएको छ ।

पर्वतको कुश्मा नगरपालिका स्थायी ठेगाना भई सोहि पालिकाको क्वारेन्टाइनमा रहेका वर्ष ६ का १ जना बालक (पुरुष) र वर्ष १७ का १ जना महिलामा कोरोना संक्रमणको पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।

त्यसैगरी पर्वत कै जलजला गाउँपालिका स्थायी ठेगाना भई कुश्मा नगरपालिकाको क्वारेन्टाइनमा रहेका वर्ष १७ का १ जना पुरुष र महाशिला गाउँपालिका स्थायी ठेगाना भई कुश्मा नगरपालिकाको क्वारेन्टाइनमा रहेका बर्ष १६ का १ जना पुरुषमा समेत कोरोनको संक्रमण पुष्टि भएको हो ।

जिल्लामा संक्रमित ४ जनालाई नै जिल्ला स्थित क्वारेन्टाइन कक्षमा लैजाने तयारी भईरहेको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।

त्यस्तै नवलपुर (बर्दघाट सुस्ता पूर्व)को मध्यबिन्दु नगरपालिका स्थायी ठेगाना भई सोहि पालिकाको क्वारेन्टाइनमा रहेका वर्ष ४५ का १ जना पुरुषमा कोरोना संक्रमणको पुष्टि भएको छ ।

उनलाई नवलपुरको रजहर स्थित सामुदायिक प्राकृतिक चिकित्सालयको आईसोलेसन कक्षमा लैजाने तयारी भईरहेको छ ।

योसंगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १९७ पुगेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ