तनहुँ । तनहुँको व्यास नगरपालिकाले पहेँलो कार्ड प्राप्त अपाङ्गता भएका व्यक्तिलाई शुक्रबार प्रोत्साहन भत्ता वितरण गरेको छ ।
व्यास नगरपालिकाका वडा नम्बर १ देखि ४ सम्मका पहेँलो कार्ड प्राप्त व्यक्तिलाई प्रोत्साहन रकम प्रदान गरिएको नगरपालिकाले जनाएको छ ।
नेपाल सरकारले ‘ग’ वर्ग अथवा पहेँलो कार्ड प्राप्त व्यक्तिलाई प्रोत्साहन रकम नदिने निर्णय गरेतापनि व्यास नगरपालिकाले भने भत्ता दिन शुरु गरेको हो ।
व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपाने र उपप्रमुख एवं स्थानीय समन्वय समितिका संयोजक मिरा जोशीले प्रतिव्यक्ति दुई हजार पाँच सय रुपैयाँका दरले प्रोत्साहन रकम वितरण गरेका हुन ।
सरकारले ‘क’ र ‘ख’ वर्गमा परेका व्यक्तिहरुलाई मात्र प्रोत्साहन रकम दिने निर्णय गरेको छ ।
तर, व्यासले भने नगरपालिकाको कोषबाट पहेँलो कार्ड प्राप्त अपाङ्गता भएका व्यक्तिलाई प्रोत्साहन रकम उपलब्ध गराएको व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले बताए ।

नेपाल सरकारले ‘क’ वर्गको रातो र ‘ख’ वर्गको निलो कार्ड प्राप्त अपाङ्गता भएका व्यक्तिहरुलाई मात्रै सामाजिक सुरक्षा भत्ता वितरण गर्दै आइरहेपनि व्यास नगरपालिकाले पाचौं नगर सभाबाट पारित गरे अनुरुप ‘ग’ वर्गका पहेंलो कार्ड प्राप्त व्यक्तिहरुलाई पनि प्रोत्साहन रकम प्रदान गरेको नगरपालिकाले जनाएको छ ।
नगरपालिकाभित्रका १३३ जनाले पहेँलो कार्ड लिएका छन् भने शुक्रबार १९ जनालाई प्रति व्यक्ति वार्षिक दुई हजार पाँच सय रुपैयाँका दरले प्रोत्साहन रकम वितरण गर्न थालिएको व्यास नगरपालिका महिला तथा बालबालिका शाखाका कार्यालय सहायक मुना तामाङले बताईन ।
साथै जेठ ३२ गते व्यासका १३ र १४ नम्बर वडा, असार १ गते १०, ११ र १२ नम्बर वडा, असार २ गते ५ र ६ तथा असार ३ गते ७, ८ र ९ नम्बर वडाका पहेँलो कार्ड प्राप्त अपाङ्गता भएका व्यक्तिलाई प्रत्येक वडा कार्यालयबाट वितरण गरिने तामाङले जानकारी दिईन ।
रातो र निलो कार्ड प्राप्त फरक क्षमताका व्यक्तिहरुलाई भने सरकारले उपलब्ध गराएको रकम वितरण गर्दै आएको छ ।
सम्बन्धित खबर
तनहुँको छिर्कनेमा हाईस दुर्घटना, ८ जना घाइते
तनहुँ गाछेपानीमा ओभर स्पीड भ्यानले डिभाइडर नाघेर स्कूटरलाई ठक्कर दिँदा दुईको मृत्यु
तनहुँमा टिप्परको ठक्करबाट मोटरसाइकल चालक रूपाका धर्मराजको मृत्यु
त्रिशूली नदीमा पौडी खेल्नेक्रममा एक बालक बेपत्ता, एकको सकुशल उद्धार
पोखरा-बन्दीपुरबीच पर्यटकीय साझेदारी
डुम्रेमा भएको दुर्घटनामा २१ जना घाइते, दुईको अवस्था गम्भीर
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
सपनामा पनि मलाई संघीयता विरोधी नसोच्नुस्, हिन्दूराष्ट्र र राजतन्त्रको पक्षमा म छैन: बालेन
रविले बोलाएको सर्वदलीय बैठकमा प्रधानमन्त्री र गृहमन्त्री नै गएनन्