तनहुँ घिरिङका कोरोना संक्रमित भारतबाट जेठ १४ र १५ गते आएका थिए, सबैको उपचार जीपीको आइसोलेसनमा

तनहुँ घिरिङका कोरोना संक्रमित भारतबाट जेठ १४ र १५ गते आएका थिए, सबैको उपचार जीपीको आइसोलेसनमा

GP Koirala Hospital Isolation

किरण श्रेष्ठ, तनहुँ । तनहुँको घिरिङ गाउँपालिकाका कोरोना भाइरस (कोभिड १९) बाट संक्रमित पुरुषहरु भारतको मुम्बईबाट गत जेठ १४ र १५ गते तनहुँ आइपुगेका थिए ।

उनिहरुलाई घिरिङ गाउँपालिकाले वडा नम्बर ५ स्थित सरस्वती माविमा बनाएको क्वारेन्टाइनमा राखिएको थियो । आज सोमबार (असार १ गते) घिरिङ-१ का ४ जना पुरुष र घिरिङ-३ का १ जनामा सोमबार कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।

घिरिङ गाउँपालिका स्थायी ठेगाना भई सोहि गाउँपालिकाको क्वारेन्टाइनमा रहेका वर्ष ४५, २२, २७, २७, र ४६ का ५ जना पुरुषहरुमा कोरोना संक्रमणको पुष्टि भएको छ ।

जेठ १४ गते आएका मध्येका १ जना कोरोना संक्रमित युवक ७ जनाको समुहमा आएर क्वारेन्टाइनमा बसेको तथ्याङ्ग गाउँपालिका संग रहेको घिरिङ गाउँपालिकाका जनस्वास्थ्य निरिक्षक मन प्रसाद रानाभाटले जानकारी दिए । उनले भने ‘७ जना आएको र संगै एउटै कोठामा बसेपनि १ जनामा मात्रै कोरोना पोजेटिभ देखियो, बाँकी जनाको रिपोर्ट नेगेटिभ आएछ ।’

त्यत्सै जेठ १५ गते आएका मध्ये ४ जना कोरोना संक्रमित १८ जनाको समुहमा आएर क्वारेन्टाइनमा बसेको उनले बताए । ‘५ जना क्वारेन्टाइनको एउटै कोठामा बसेका थिए ।’ जनस्वास्थ्य निरिक्षक रानाभाटले भने ‘४ जनामा कोरोना पुष्टि भएछ, १ जनाको भने रिपोर्ट नेगेटिभ आएछ ।’


यसअघि जेठ ३० गते शुक्रबार घिरिङ-४ का १९ वर्षीय १ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको थियो । त्यस्तै ऋषिङ गाउँपालिकाका ३ जनामा कोरोना संक्रमण देखिएको थियो । योसंगै तनहुँमा कोरोना संक्रमितको संख्या ९ जना पुगेको छ ।

तनहुँमा पहिलोपटक जेठ १८ गते ऋषिङका १ जनामा, दोस्रोपटक जेठ २३ गते शुक्रबार ऋषिङका २ जनामा, तेस्रोपटक जेठ ३० गते शुक्रबार घिरिङका १ जनामा र आज (असार १ गते) घिरिङ गाउँपालिकाका ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

उक्त सरस्वति माविको क्वारेन्टाइनमा २६ जना बस्दै आएको थिए । ५ जनामा कोरोना पुष्टि भएसंगै हिजो आइतबार बेलुका नै जीपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र बेलचौताराको आइसोलेसनमा उपचारका लागि पठाईएको घिरिङ गाउँपालिकाका जनस्वास्थ्य निरिक्षक मन प्रसाद रानाभाटले जानकारी दिए ।

उनले थपे ‘५ जना हिजो फेरी भारतबाट आएका छन् ।’ गत २२ गते उक्त विद्यालयको क्वारेन्टाइनमा रहेका २४ जनाको स्वाब संकलन गरी पोखरा पठाइएको थियो जसमा २३ जनाको रिपोर्ट आएको तर १ जनाको भने रिपोर्ट नै नआएको रानाभाटले बताए ।

कोरोना पुष्टि भएका सबैलाई शुक्लागण्डकी नगरपालिका स्थित जीपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र बेलचौताराको आइसोलेसनमा उपचारका लागि हिजो बेलुका नै पठाइएको छ ।

लाइन जाँदा पानिको समस्या

तनहुँको घिरिङ गाउँपालिकाले वडा नम्बर ५ स्थित सरस्वती माविमा बनाएको क्वारेन्टाइनमा लाइन जाँदा पानि भने समस्या हुने गरेको छ ।

लिफ्टिङ गरेर ल्याइएको पानि लाइन जाँदा भने पानि लिफ्ट गर्न नसकिने हुँदा केहि समस्या घिरिङ गाउँपालिकाका जनस्वास्थ्य निरिक्षक मन प्रसाद रानाभाटले जानकारी दिए ।

उनले थपे ‘पानिको अलिअलि समस्या छ. अरु त् ठिकै छ क्वारेन्टाइनको अवस्था ।’ एउटा कोठामा ५ देखि ७ जना सम्म राखिएको उनले बताए । क्वारेन्टाइनमा बसेका सबैको स्वास्थ्य अवस्था सामान्य रहेको रानाभाटले जानकारी दिए ।

घिरिङ गाउँपालिकाको २२ जना मात्रै पीसीआर

अहिले घिरिङ गाउँपालिकाको क्वारेन्टाइनमा अहिले ९० जना रहेका छ्न । कोरोना परीक्षणका लागि १३४ जनाको थ्रोट स्वाब संकलन गरी पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाईएको थियो तर अहिलेसम्म २१ जनाको मात्रै रिपोर्ट आएको घिरिङ गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख कृष्ण प्रसाद रिमालले जानकारी दिए ।

गाउँपालिकाका कुल २२ जनाको मात्रै पीसीआर विधिबाट कोरोना परिक्षण भएको छ । जसमा ६ जनाको पोजेटिभ र १६ जनाको नेगेटिभ रिपोर्ट आएको प्रमुख रिमालले बताए ।

गत जेठ १८ गते आइतबार ऋषिङ गाउँपालिकाका वडा नम्बर ४ स्थायी ठेगाना भएका भारतबाट फर्किएका व्यास नगरपालिकाको क्वारेन्टाइनमा बसेका २८ वर्षीय एक पुरुषमा कोरोना संक्रमण देखिएको थियो ।

त्यस्तै जेठ २३ शुक्रबार ऋषिङ गाउँपालिकाले ऋषिङ-१ झापुटार स्थित शुक्ला माविमा बनाएको क्वारेन्टाइनमा बसेको भारतको नयाँ दिल्लीबाट आएका २ जना पुरुषमा कोरोना संक्रमण देखिएको थियो ।

त्यस्तै गत जेठ ३० गते शुक्रबार घिरिङ गाउँपालिकाले वडा नम्बर ३ स्थित चन्द्रज्योति माविमा बनाएको क्वारेन्टाइनमा बसेका घिरिङ-४ का १९ वर्षीय एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

सबै संक्रमितको उपचार जीपीको आइसोलेसनमा

जिल्लाका ९ जना कोरोना संक्रमितको शुक्लागण्डकी नगरपालिका स्थित जीपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रको आइसोलेशनमा उपचार भईरहेको छ ।

क्षमता अनुसार पहिलो चरणमा कोरोना संक्रमित सम्पुर्णलाई जीपी कोइरालाको आइसोलेसनमै राखिने प्रमुख जिल्ला अधिकारी बद्रिनाथ अधिकारीले जानकारी दिए ।

संक्रमितहरुको स्वास्थ्य अवस्थामा सामान्य रहेको अस्पतालका कार्यकारी निर्देशक रामकुमार श्रेष्ठले बताए । सोमबार तनहुँका ५ जनानवलपुरमा १ गरि गण्डकी प्रदेशका थप ६ जनामा कोरोना संक्रमण पुष्टि भए संगै गण्डकी प्रदेशमा कुल कोरोना संक्रितको संख्या २ सय ५ पुगेको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।

यो पनि:

तनहुँ घिरिङका ५ जना पुरुषमा कोरोना पुष्टि, तनहुँमा संक्रमितको संख्या ९ पुग्यो


तनहुँ घिरिङका कोरोना संक्रमित भारतबाट जेठ १६ गते आएका थिए, तनहुँमा संक्रमितको संख्या ४ पुग्यो

तनहुँका एक सहित गण्डकी प्रदेशका थप ३७ जनामा कोरोना, संक्रमितको संख्या १८८ पुग्यो

तनहुँका स्थानीय तहले कोरोना परीक्षणका लागी पीसीआर मेसिन खरीद गर्ने, जीपी कोइरालामा राखिने

तनहुँ ऋषिङका दुबै कोरोना संक्रमित भारतको दिल्लीबाट आएका थिए जेठ ११ गते, जीपीको आइसोलेसनमा लगियो


तनहुँका थप २ जनामा कोरोना संक्रमण पुष्टि, गण्डकी प्रदेशमा संक्रमितको संख्या ५६ पुग्यो

तनहुँको पहिलो कोरोना संक्रमितलाई जी.पी. कोइराला श्वासप्रश्वास उपचार केन्द्रको आइसोलेसनमा राखियो

पहिलो कोरोना संक्रमित १ हप्ताअघि भारतबाट आएका थिए, १० जनाकाे टाेली

तनहुँमा पहिलाे व्यक्तिमा काेराेना पुष्टि, गल्याङमा २ थपिए, गण्डकीमा २४ पुग्याे

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ