प्रधानमन्त्री ओली: गफ हानेको होइन- ढुक्क रहौं, मुलुक बन्छ (भिडियो सहित)

प्रधानमन्त्री ओली: गफ हानेको होइन- ढुक्क रहौं, मुलुक बन्छ (भिडियो सहित)

Kp sharma sambodhan

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा अब अर्को आन्दोलन आवश्यक नभएको बताउनुभएको छ । वैकल्पिक सिकाइसम्बन्धी अभियानको सुरुवातको अवसरमा शुभकामना सन्देश दिनुहुँदै अप्ठेरो अवस्थामा केही असहजता भए पनि अब देशमा आन्दोलन आवश्यक नभएको उहाँले बताउनुभयो ।

प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल र सञ्चारमाध्यममा हाम्रो देश झन् पछि पर्ने हो कि भन्ने चिन्ता व्यक्त भइरहेको आफूले थाहा पाएको उल्लेख गर्दै देशले राम्रो गर्छ र अगाडि बढ्छ भन्नेमा ढुक्क रहन आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, ‘देशभित्र वा बाहिर रहेको कतिपय जज्ञासु युवाहरको कुराहरू सुनेको छु । मुकुल विग्रँदै पो छ कि रु मेरा अभिभावकको भोटबाट बनेको देशको सरकार कर्तव्यबाट चुक्दैछ कि रु टेलिभिजन, सामाजिक सञ्जाल लगायत आम सञ्चार माध्यममा देखिने विभिन्न मुलुकहरूमा पोखिएको आक्रोस वा दिक्दारी मेरो मुलुकमा पनि दोहरिने पो हो किरु आज म यी सबै प्रश्नको विस्तारमा चर्चा गरिरहेको छैन ।’

प्रधानमन्त्री ओलीले अगाडि भन्नुभयो, ‘म एकमुष्ट भन्न चाहन्छु-जति लड्ने हो यो पुस्ता लड्छ, मुलुक बन्छ । अबका दिनमा हाम्रा सन्तानहरू यस मुलुकको भाग्यमानी पुस्ता बन्छन् भन्ने तपाईका अभिभावकहरूको भनाइ झुठ्ठा सावित हुँदैन । हाम्रो मुलुकमा अब फेरि अर्को आन्दोलन आवश्यक छैन । अप्ठ्यारोमा दुविधा हुन्छ, त्यही दूर गर्न नेतृत्व चाहिन्छ । आरोप लगाएजस्तो गफ हानेको होइन, ढुक्क रहौं, मुलुक बन्छ । सुशासन स्वच्छता कायम हुन्छ ।’

(भिडियो)

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ