तनहुँको ऐना पहरामा ट्रक दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु, सहचालक घाइते

तनहुँको ऐना पहरामा ट्रक दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु, सहचालक घाइते

Aina Pahara Truck Acc

तनहुँ । तनहुँको ऐना पहरामा ट्रक दुर्घटना भएको छ । वीरगञ्जबाट आँवुखैरेनी तर्फ आउँदै गरेको ना ६ ख ६६५ नम्बरको ट्रक आँबुखैरेनी-४ स्थित ऐनापहरामा दुर्घटना भएको हो ।

वीरगञ्जबाट आँबुखैरेनीस्थित अरनिको इड्रिष्टिज प्रा.लि.का लागि सिमेन्टको कच्चा पदार्थ ल्याउँदै गर्दा सो ट्रक सडकदेखि करिब २५ फिट तल खसेको प्रहरीले जनाएको छ ।

उक्त दुर्घटनामा परि त्रिवेणी गाउँपालिका-७ सल्यान घर भएका करिब ३२ वर्षीय ट्रक चालक विष्णु परियारको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय आँवुखैरेनीले जनाएको छ ।

उक्त दुर्घटनामा परी सहचालक दाङका २० वर्षीय सूर्यबहादुर बुढाथोकी घाइते भएका र उनको आँवुखैरेनी स्थित छिम्केश्वरी अस्पतालमा सामान्य उपचार थप उपचारका लागि भरतपुर अस्पताल पठाइएको छ ।

ट्रक सडकदेखि तल खोचमा खसेकोले उनीहरूको उद्दार गर्न नेपाल प्रहरी, नेपाली सेना र स्थानीयबासीले लामो प्रयास पछि उद्दार गर्न सफल भएको इलाका प्रहरी कार्यालय आँवुखैरेनीले जनाएको छ ।

दमौलीबाट मानुङकोट जादैं गरेको ट्याक्टर दुर्घटना: चालकसहित १३ जना घाइते

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ