जिल्ला प्रहरी कार्यालय कास्कीमा कार्यरत प्रहरी नायव निरीक्षक राम बहादुर अधिकारी र प्रहरी हवल्दार लक्ष्मी बस्नेत पुरस्कृत भएका छन्।
कास्की प्रहरीले असल कार्य गर्ने प्रहरी कर्मचारीहरुलाई पुरस्कृत गरी सम्पूर्ण प्रहरी कर्मचारीलाई असल कार्य गर्न प्रोत्साहित गर्नको निमित्त कार्यरत प्रहरी कर्मचारीहरु मध्येबाट एक महिनाको अवधिमा उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारीको छनौट गरी नगदसहित पुरस्कृत र सम्मानित गर्दै आएको छ ।
दुई प्रहरीहरु जेठ महिनाको उत्कृष्ट प्रहरी बनेका हुन् । कास्की प्रहरी प्रमुख एसपी दानबहादुर कार्कीले आज कार्यालयमै आयोजिक एक समारोहका बीच सम्मान पत्र र नगद प्रदान गरे ।
प्रनानि अधिकारी प्रधान कार्यालय, प्रदेश र जिल्लाबाट दर्जन पटक पुरस्कृत
प्रनानि अधिकारी प्रधान कार्यालयबाट समेत सम्मानित भइसकेको प्रहरी जुनियर अधिकृत हुन् । अपराध अनुसन्धान अन्तर्गत मुद्धा शाखाको जिम्मेवारीमा दुई दशक सेवा गरेका अधिकारी २०५५ मा सिपाईबाट प्रहरी सेवामा प्रवेश गरेका थिए ।
उनी २०५८ मा असईमा प्रतिष्पर्धा गरेर छनौट भए । ०६३ मा प्रनानिमा बढुवा भएका अधिकारीले जिल्ला प्रहरी कार्यालय नवलपरासी, सुर्खेत, मोरङ, जनकपुर, महोत्तरी, पर्वत, कास्कीमा सेवा गरिसकेका छन् । उनी १३ महिना यूएन मिसनमा पनि क्रिमिनल इन्भिस्टिगेटरकै रुपमा सेवा गरे ।
हेर्ड क्वार्टरबाट २०७३ मा नेपालभरीकै उत्कृष्ट अनुसन्धान अधिकृतका रुपमा उनी सम्मानित भए । प्रनानि भएपछि जिल्ला तहमा नौ पटक पुरस्कृत भएका छन् । २०७६ मा गण्डकी प्रदेश उत्कृष्ट अनुसन्धान अधिकृत भए । कास्कीमा डेढ वर्ष सेवा गरी अख्तियारमा काम गर्न पुगेका उनी पुनः कास्की नै फर्केर लगातार ५ वर्ष अनुसन्धान अधिकृतका रुपमा मुद्धा फाँटमा सेवारत छन् ।
सम्बन्धित खबर
‘रास्वपाका नेताहरु घर-घरमा पुगेर सहकारी पीडित बचतकर्तालाई भड्काए’ [विज्ञप्ति]
मानुङकोट घुम्न गएका पोखराका १३ युवाको समूहमाथि खुकुरी आक्रमण र लुटपाट गर्ने ५ पक्राउ
ढोरवाराही मन्दिरलाई धार्मिक गन्तव्यस्थलका रुपमा विकास गरिँदै
पर्यटकको चाप बढ्न नसक्दा पोखराका पर्यटन व्यवसायी चिन्तित
बागलुङमा ५६ हजार ‘मेट्रिकटन’ आलु उत्पादन
अर्जुन कुमालको कप्तानीमा गण्डकी क्रिकेट टोली घोषणा
यो पनि पढौँ
पोखराको हेम्जामा यात्रु चढाइरहेको बसलाई टिप्परले ठक्कर दियो
आजदेखि लाइसेन्स बोक्न नपर्ने, मोबाइलबाट ट्राफिकले कारबाही गर्न सक्ने
पर्यटन व्यवसायी मिश्रको डेंगु संक्रमणबाट निधन
स्याङ्जामा पूर्वसैनिकको घरमा सकेट बम विष्फोट, पुरी घाइते