खेल मिलेमतो (म्याच फिक्सिङ) मा आरोपित राष्ट्रिय फूटबल टीमका पूर्व कप्तान सागर थापासहितका ६ जना खेलाडीलाई राज्यबिरुद्धको द्रोह मुद्दामा मंगलबार सर्वोच्च अदालतले ‘क्लिन चिट’ दिएको छ । यससँगै नेपाली राष्ट्रिय फुटबल टिमका पूर्व कप्तान सागर थापा, रितेश थापा, सन्दिप राई, विकाससिंह क्षेत्रीसँगै प्रशिक्षक अन्जन केसी र फिलजियो थेरापिस्ट डेजिव थापाले नेपालभित्रको सबै मुद्दाबाट मुक्त भएका छन् ।
यसअघि २०७५ जेठ २५ गते विशेष अदालतले सागर सहित ६ जना माथि लागेको खेलमिलेमतोको आरोपमा सफाई दिईसकेको थियो । विशेष अदालतको फैसला अमान्य भन्दै सरकारी वकिल पक्षले पुन: मुद्दालाई पुनरावलोकनका निम्ति दर्ता गरेको थियो ।
वि.सं २०७२ असोज २७ गतेको दिन अपराध महाशाखाले खेल मिलेमतोमा संलग्न देखिएको भन्दै सागरसहित सबै ६ जनालाई नियन्त्रणमा लिई सोही वर्षको कार्तिक २२ गते राज्यबिरुद्धको द्रोहमा विशेष अदालतमा मुद्दा चलाएको थियो । सोही पुनरावलोकनको मुद्दा उपर मंगलाबार सर्वोच्चका न्यायाधिशद्वय आनन्दमोहन भट्टराई र बमकुमार श्रेष्ठको संयुक्त ईजलासले विशेष अदालतको फैसलालाई सदर गरेको छ ।
विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा म्याच फिक्सिङ गरेको आरोपमा महानगरीय अपराध महाशाखाको टोलीले सागरसहित ६ जनालाई २०७२ असोज २७ गते पक्राउ गरेको थियो । झण्डै एक महिनापछि धरौटीमा छुटेका उनीहरुले विशेषबाट २५ जेठ २०७५ मा सफाइ पाए ।
सागरले भने: नेपालको म्याच खेलेर सन्यास लिन पाउनुपर्छ
उनले ६ वर्षसम्मको समय जिन्दगीको सबैभन्दा कठिनको पीडादायी समय भएको उल्लेख गर्दै यसको जिम्मेवारी कसले लिन्छ भन्दै प्रश्न गरे । सागरले भने, ‘सत्यको जित भएको छ । तर यतिमै लडाई टुङ्गिएको छैन । एएफसीबाट प्रतिबन्धित नै छौ । महाभारत त जित्नै बाँकी छ । सर्वोच्चले नि सफाई दिएपछि त सरकार अथवा अभिभावक एन्फाले हाम्रो लागि एएफसीमा आवाज उठाईदिए हामी चोख्खिने थियौ ।’
खेलाडीहरुको अदालती प्रक्रिया झण्डै ५ वर्ष चल्यो । यो समयमा आफूहरुबाट धेरै कुरा खोसिएको भन्दै उनले भने, ‘एउटा उचााईमा पुगेको थिए, सबैको माया सम्मान पाएको थिएँ तर । यो आरोप लागेपछि सबै विपरित भयो । मानिसहरुका अगाडि बोल्न समेत गाह्रो थियो । भविश्य अन्धकार भयो ।’ अघि भने, ‘यसको जिम्मा कसले लिन्छ । एन्फाले लिने हो कि सरकारले वा अरु कसैले ?’ आफूले राष्ट्रिय टिमका लागि गरेको योगदानका आधारमा पनि आर्मब्याण्ड लगाएर नेपालको म्याच खेलेर सन्यास लिन पाउनुपर्ने पूर्व कप्तान थापाको माग छ ।
सबै जना २०७२ देखि एशियाली फुटबल महासंघ (एएफसी) को अनुशासन कमिटीबाट आजिवन प्रतिबन्धमा छन् ।
सम्बन्धित खबर
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
पोखरा १५ जारी निःशुल्क दन्त शिविर सकियो, ४५४ जनाले गरे दन्त परीक्षण
पोखरा १५ जारी निःशुल्क दन्त शिविर, दोस्रो दिन १५० जनाको परीक्षण
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’