दुर्लुङ । पर्वतको कुस्मा नगरपालिका ३ दुर्लुङमा शनिवार राती गएको पहिरोमा बेपत्ता भएका जेनिश बिकको शव भेटिको छ । ४ दिन सम्म खोज्दा नभेटिएपछि आज प्रत्येक घरका १/१ जना सदस्य जुटेर स्थानीयले बिहानै देखि खोजेका थिए । घर भन्दा निकै तल चौतारी नजिक शव भेटिएको हो ।
पहिरोले घर पुरिँदा बेपत्ता बनेकामध्ये ८ जनाको शव फेला यसअघि परिसकेपनि १३ वर्षीय जेनिशको शव भेटिएको थिएन । गण्डकी प्रदेश कार्यालय पोखराबाट तालिमप्राप्त कुकुर झिकाएर मंगलबार दिनभरसमेत खोजी गरिएको भए पनि आज बिहान स्थानीयवासीले फेला पारेको हो।

दुर्लुङमा शनिबार राति दुई घण्टासम्मको मुसलधारे वर्षापछि गएको पहिरोमा परेर ५३ वर्षीय तुलबहादुर थापा, उनकी श्रीमती ५२ वर्षीया मीनाकुमारी, छोरी ३४ वर्षीया दीपा, नातिनी ११ वर्षीया विविशा, नातिहरु १५ वर्षीय सम्राट र १७ वर्षीय विवेक थापाको मृत्यु भएको थियो । यसैगरी पहिरोमा परेर २८ वर्षीया कमला विकका आठ वर्षीया छोरी प्रमिशा र १४ वर्षीय छोरा जेनिशको मृत्यु भएको छ ।
पहिरोमा परी मृत्यु भएका तुलबहादुर थापाको परिवारका चार र कमला विकको परिवारका २ जनाको कालीगण्डकी र मोदी नदीको संगम रहेको धार्मिकस्थल मोदीवेणीमा सोमबारै सामूहिक अन्त्येष्टि गरिएको छ भने तुलबहादुरकी छोरी र नातिको बाग्लुङको जैमिनीघाटमा दाहसंस्कार गरिएको छ ।
सम्बन्धित खबर
पर्वत जिल्ला इन्टर स्कुल टि-२० क्रिकेट प्रतियोगिताको उपाधि मङ्गोलदय माविलाई
पर्वत जिल्ला ईन्टर स्कुल टि–२० क्रिकेट प्रतियोगिता सुरुः नारायण मावि र सरस्वती माविको विजय सुरुवात
पर्वतका ३१ विद्यालयमा विद्यार्थी शून्य, रित्ता विद्यालयमा अझै शिक्षक
पर्वतको लाङ्दीमा पहिरोमा घर पुरिँदा श्रीमान श्रीमतीको मृत्यु
कुश्माबजारको घण्टाघर दुई वर्षदेखि प्रयोगहीन
एमाले गण्डकीको विज्ञप्तिप्रति पर्वत जिल्ला कमिटीको आपत्ति
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ
सुनकाे मूल्य आज घट्यो
बाहिरियो वर्षा र हिमपात गराउने प्रणाली, यस्तो छ आगामी मौसम पूर्वानुमान