जमुना वर्षा शर्मा । सडक पेटीमा मकै पोलेर जीविकोपार्जन गर्दै आएकी ८२ वर्षीया आमालाई मकै पोलिरहेकै स्थान गएर दोसल्ला सहित नगद रू १० हजार प्रदान गरिएको छ ।
पोखरा –१७, घारिपाटनमा १० वर्षदेखि मकै पोलेर जीवन धान्दै आएकी साहारा क्षेत्रीको बारेमा जेठ २५ गते विभिन्न सञ्चारमाध्यममा ‘हरियो मकैले धानेको बुढयौली’शिर्षकमा समाचार प्रकाशित भएको थियो । समाचारबाट उनको बास्तविकता बुझे पछि बेलायत निबासी समाजसेवी प्रेमबहादर गुरुङ र लक्ष्मी गुरुङले अभियानकर्मी माया गुरुङमार्फत उक्त रकम पठाएका हुन् ।
“हामीले बुढी आमाको बारेमा समाचारमा पढेउ, चार सन्तान जन्माएर पनि बेसहारा बन्नुभएकी आमा परिवारका साथ माया ममता र उचित स्याहारका साथ बाँच्नु पर्ने उमेरमा दुःख गरेर जीवन धानिरहनु भएको रहेछ । मनभरी आमा प्रति श्रद्धा र सम्मान जाग्यो, रक्तचापको पनि बिरामी हुनुहुँदो रहेछ, त्यसैले सानो सहयोग पठाएका हौ” , फोनबाट सम्पर्ककमा आएका प्रेम गुरुङले भने ।
दोसल्ला सहित नगद १० हजार बुझ्दै गर्दा आमाका आँखा रसाएका थिए । “मेरै कोखबाट मैले नजन्माएपनि मलाई माया गर्ने धेरै छोराछोरी यो संसारमा छन्, मेरो दुःख देख्न नसकी मलाई दबाइ खर्च पठाउँछन् ।” आमाले भनिन् “बिहान बेलुकाको छाक पाखुराले साथ दिएसम्म गरेर खान्छु, भगवानले छोरा छोरीको रुपमा हजुरहरुलाई पठाउनु भयो , निरोगी भएर नाम दाम कमाएर बाँच्नु मेरो आशिष लागोस् ।”
बेलायत निवासी समाजसेवी माया गुरुङ बन्दाबन्दीले नेपालमै रोकिए पछि विपन्न परिवारको लागि सहयोग अभियानमा सक्रिय छिन् । आमालाई दोसल्ला ओढाउँदै गुरुङले भनिन् “आमाको यो उमेरको परिश्रम देखेर सम्मान गर्न मन लाग्यो, अनि दोसल्ला ओढाएर सम्मान गरें, उहाँमा जुन आत्मविश्वास छ ,उमेर ढल्किएकाहरुको लागि एउटा ऊर्जा र प्रेरणा पनि हो” उनले भनिन् “यो उमेरमा सहारा नहुँदा पनि आत्मबल दह्रो बनाएर आगोमा पसिना चुहाउनु भएको छ, बाँच्नकका लागि संघर्ष गर्नुभएको छ । पीडा लुकाएर मुस्कुराउन सक्ने उहाँ खुबीले नतमस्तक बनायो ।”
उनले यो असहज अवस्थामा युके निवासी धेरै नेपाली मनहरुले नेपाली माटोलाई निकै माया गरेको बताइन् । “बेलायती नेपालीले यो बेला आफ्नो छाक कटाएर पनि नेपाली विपन्न परिवारको लागि रकम पठाउनु भएको छ । उत्तिकै आत्मियता र सम्मान प्रकट गर्नु भएको छ, यसले हामीलाई आहत मनमा राहत लिएर जान प्रेरित गरेको छ ।” गुरुङले भनिन् “कोरोनाको जोखिमका बीच म र मेरो साथी पार्वती गुरुङ सहयोग अभियानमा छौ, हामी माथिको विश्वासले सहयोग रकम निरन्तर आएको छ । आजसम्म एकहजार बढीलाई राहत वितरण गरिसकेका छौ ।”
सम्बन्धित खबर
भीरकोटमा निःशुल्क स्वास्थ्य शिविर, झण्डै पाँच सयले पाए सेवा
मालुङ्गामा मृत अवस्थामा चितुवा भेटियो
ईद–उल–फित्र पर्वमा प्रदेश प्रमुख भट्टको शुभकामना
स्याङ्जामा आर्थिक गणनाको आधार तयार, नयाँ कार्यालयबाट तथ्यांक संकलन सुरु
ग्रामीण सडकमा ट्राफिक सचेतना अभियान सुरु, दुर्घटना घटाउने लक्ष्य
भीरकोटमा निःशुल्क स्वास्थ्य शिविर, विशेषज्ञ सेवा एकै ठाउँमा
यो पनि पढौँ
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
कर्मचारीलाई शहरी विकास मन्त्रीको बिदाइ सम्बोधन– ‘म हारेँ, तपाईंहरूले जित्नुभयो, खुसी मनाउनुस्, भोज खानुस्’
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह
यूएईमा इरानी मिसाइल र ड्रोन आक्रमणमा ७ जनाको मृत्यु