जमुना वर्षा शर्मा । सडक पेटीमा मकै पोलेर जीविकोपार्जन गर्दै आएकी ८२ वर्षीया आमालाई मकै पोलिरहेकै स्थान गएर दोसल्ला सहित नगद रू १० हजार प्रदान गरिएको छ ।
पोखरा –१७, घारिपाटनमा १० वर्षदेखि मकै पोलेर जीवन धान्दै आएकी साहारा क्षेत्रीको बारेमा जेठ २५ गते विभिन्न सञ्चारमाध्यममा ‘हरियो मकैले धानेको बुढयौली’शिर्षकमा समाचार प्रकाशित भएको थियो । समाचारबाट उनको बास्तविकता बुझे पछि बेलायत निबासी समाजसेवी प्रेमबहादर गुरुङ र लक्ष्मी गुरुङले अभियानकर्मी माया गुरुङमार्फत उक्त रकम पठाएका हुन् ।
“हामीले बुढी आमाको बारेमा समाचारमा पढेउ, चार सन्तान जन्माएर पनि बेसहारा बन्नुभएकी आमा परिवारका साथ माया ममता र उचित स्याहारका साथ बाँच्नु पर्ने उमेरमा दुःख गरेर जीवन धानिरहनु भएको रहेछ । मनभरी आमा प्रति श्रद्धा र सम्मान जाग्यो, रक्तचापको पनि बिरामी हुनुहुँदो रहेछ, त्यसैले सानो सहयोग पठाएका हौ” , फोनबाट सम्पर्ककमा आएका प्रेम गुरुङले भने ।
दोसल्ला सहित नगद १० हजार बुझ्दै गर्दा आमाका आँखा रसाएका थिए । “मेरै कोखबाट मैले नजन्माएपनि मलाई माया गर्ने धेरै छोराछोरी यो संसारमा छन्, मेरो दुःख देख्न नसकी मलाई दबाइ खर्च पठाउँछन् ।” आमाले भनिन् “बिहान बेलुकाको छाक पाखुराले साथ दिएसम्म गरेर खान्छु, भगवानले छोरा छोरीको रुपमा हजुरहरुलाई पठाउनु भयो , निरोगी भएर नाम दाम कमाएर बाँच्नु मेरो आशिष लागोस् ।”
बेलायत निवासी समाजसेवी माया गुरुङ बन्दाबन्दीले नेपालमै रोकिए पछि विपन्न परिवारको लागि सहयोग अभियानमा सक्रिय छिन् । आमालाई दोसल्ला ओढाउँदै गुरुङले भनिन् “आमाको यो उमेरको परिश्रम देखेर सम्मान गर्न मन लाग्यो, अनि दोसल्ला ओढाएर सम्मान गरें, उहाँमा जुन आत्मविश्वास छ ,उमेर ढल्किएकाहरुको लागि एउटा ऊर्जा र प्रेरणा पनि हो” उनले भनिन् “यो उमेरमा सहारा नहुँदा पनि आत्मबल दह्रो बनाएर आगोमा पसिना चुहाउनु भएको छ, बाँच्नकका लागि संघर्ष गर्नुभएको छ । पीडा लुकाएर मुस्कुराउन सक्ने उहाँ खुबीले नतमस्तक बनायो ।”
उनले यो असहज अवस्थामा युके निवासी धेरै नेपाली मनहरुले नेपाली माटोलाई निकै माया गरेको बताइन् । “बेलायती नेपालीले यो बेला आफ्नो छाक कटाएर पनि नेपाली विपन्न परिवारको लागि रकम पठाउनु भएको छ । उत्तिकै आत्मियता र सम्मान प्रकट गर्नु भएको छ, यसले हामीलाई आहत मनमा राहत लिएर जान प्रेरित गरेको छ ।” गुरुङले भनिन् “कोरोनाको जोखिमका बीच म र मेरो साथी पार्वती गुरुङ सहयोग अभियानमा छौ, हामी माथिको विश्वासले सहयोग रकम निरन्तर आएको छ । आजसम्म एकहजार बढीलाई राहत वितरण गरिसकेका छौ ।”
सम्बन्धित खबर
अपिहिमाल र अर्जुनचौपारीबीच विकास साझेदारी : पाँच वर्षीय भगिनी सम्बन्ध सम्झौता
एन प्याब्सनको बृहत् बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद, १५ सय विद्यार्थी प्रतिस्पर्धा गर्दै
‘प्रथम वालिङ सडक खाना महोत्सव’ भोलि एक दिन थपिने
बिरुवा राष्ट्रपति रनिङ शिल्डको उपाधि भुरुङचौकी माविलाई
फेदीखोलामा नदीजन्य पदार्थ उत्खनन र ओसारपसार गर्ने दुई ट्याक्टर नियन्त्रण
सडक खाना महोत्सवका अवसरमा वालिङमा सार्वजनिक बिदा
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’