पोखरा । चलचित्र पत्रकार संघ नेपाल, कास्की शाखाले आफ्ना पदाधिकारी र साधारण सदस्यहरुको कोरोना बीमा गरेको छ । फ्रन्टलाइनमा रहेर काम गर्ने आफ्ना सदस्य पत्रकारहरुको ख्याल राख्दै संस्थागत रुपमा उनीहरुको बीमा गरिएको संघले जनाएको छ ।
शिखर इन्स्योरेन्स लिमिटेडमार्फत संघमा आबद्ध पत्रकारहरुको बीमा गरिएको हो । ‘अहिलेको समयमा पत्रकारहरु फ्रन्टलाइनमा रहेर समाचार सम्प्रेशण गरिरहेको अवस्था हो । र, यस्तो अवस्थामा उनीहरुको अवस्थालाई विशेष ध्यान दिँदै हामीले संस्थागत रुपमा बीमा गर्ने निर्णय गरेका हौँ ।’ चलचित्र पत्रकार संघ नेपाल, कास्कीका अध्यक्ष अरुण गिरीले भने ।
कोरोना बीमाका लागि संघ र शिखर इन्स्योरेन्स लिमिटेड कास्की शाखाबीच सहमती भएको थियो । ‘यो सिमित समयका लागि हुने बीमा हो । र, बीमा भैसकेपछिको अवस्थामा कोरोना संक्रमण देखिएमा त्यस्ता व्यक्तिलाई कम्पनीले १ लाख रुपैयाँ उपलब्ध गराउनेछ ।’ शिखर इन्स्योरेन्स लिमिटेडका कास्की शाखा प्रमुख शिव सुवेदीले बताए ।
पत्रकारहरुको बीमाका लागि पोखरा नेपाल–यूके फाउन्डेशनका जगत गुरुङ र भीम महेन्द्र गुरुङले आर्थिक सहयोग गरेका हुन् । ‘हामी बिदेशमा रहँदै गर्दा पनि नेपालको अवस्थाको बारेमा जानकार छौँ । र, कोरोनाको बेलामा पनि पत्रकारहरु फ्रन्टलाइनमा रहेर पत्रकारिता गरेको हामीले देखिरहेकै छौँ ।’ यूकेबाट सहयोगदाताहरु जगत र भीम महेन्द्रले भने–‘त्यसैले हामीले पत्रकारहरुका लागि आफूहरुको तर्फबाट केही सहयोगी हात अगाडि बढाएका हौँ ।’
आर्थिक सहयोगदाता जगत गुरुङ र भीम महेन्द्र गुरुङ पोखराका स्थानिय हुन् । लामो समयदेखि यूकेमा रहेर कर्म गरिरहेका यी दुईले विभिन्न सामाजिक अभियानहरु संचालन गर्दै आएका छन् । उनीहरुकै पहलमा चलचित्र पत्रकार संघ नेपाल, कास्कीले यसअघि पोखरा नेपाल–यूके फाउन्डेशनसँग सहकार्य गरि लकडाउनको कारण समस्यामा परेका परिवारलाई खाद्यान्न वितरण समेत गरिसकेको छ ।
सम्बन्धित खबर
अवैध सालको काठसहित मिनि ट्रक नियन्त्रणमा
पुस ७ देखि अर्जुनचौपारीमा तीनदिने राष्ट्रपति रनिङ शिल्ड तथा शैक्षिक महोत्सव
रानीथुम्का आधारभूत विद्यालयमा महायज्ञ हुँदै
लामो समयदेखि फरार रहेका दुई प्रतिवादी पक्राउ
अर्जुनचौपारीमा एकदिने स्वास्थ्य शिविर
६ विद्यालयका एक सय १२ विद्यार्थीलाई न्यानो कपडा
यो पनि पढौँ
पोखरा रंगशालामा पनि फ्लडलाइट जडान गरिनेछः कुलमान घिसिङ
पोखरेललाई फकाउँदै ओली- घच्चमच्च भएको भए सरी, विरोधीले लखेटेका बेला साथ खोजेको हुँ
एमालेका युवराज र अष्टलक्ष्मीसहित तीन शीर्ष नेताले सक्रिय राजनीति छाडे
नवनियुक्त ४ मन्त्रीले लिए शपथ, को हुन् नयाँ मन्त्री?