तनहुँको व्यास नगरपालिकामा रिपोर्ट नै नआई घर पठाईएका एक सहित ३ जनामा कोरोना संक्रमण पुष्टि

तनहुँको व्यास नगरपालिकामा रिपोर्ट नै नआई घर पठाईएका एक सहित ३ जनामा कोरोना संक्रमण पुष्टि

Aadikabi Bhanubhakta Qurantine

किरण श्रेष्ठ, तनहुँ । तनहुँको व्यास नगरपालिकामा रिपोर्ट नै नआई घर पठाईएका एक सहित ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

व्यास नगरपालिकाले व्यास-१ स्थित आदिकवि भानुभक्त क्याम्पसमा बनाएको क्वारेन्टाइनमा बसेर हिजो बुधबार क्वारेन्टाइनबाट घर जाने १ जना, १ जना मदर्शा प्रावि व्यास-४ को क्वारेन्टाइनमा बसेका र अर्का १ जनाको भने थर र उमेर नमिलेको गरि ३ जनामा बिहिबार कोरोना संक्रमण पुष्टि भएको छ ।

योसंगै तनहुँमा कोरना संक्रमितको संख्या २६ जना पुगेको छ । आज बिहिबार बिहान मात्रै थप १२ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

बुधबार साँझ पीसीआर रिपोर्ट नआउदै घर जाने ५० जना मध्यका १ जना लाई कोरोना संक्रमण पुष्टि भएको व्यास नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख प्रमोद सोतीले बताए । अन्य एक जना भने नगरपालिकाले बनाएको क्वारेन्टाइनमा रहेको र अर्का एक भने पत्ता लगाउन नसकिएको सोतीले जानकारी दिए ।

क्वारेन्टाइनबाट हिजो साँझ घर जानेलाई पुन: आदिकवि क्याम्पसको क्वारेन्टाइनमा ल्याइएको र उनलाई आइसोलेसनमा लैजाने तयारी भईरहेको प्रमुख सोतीले जनाकारी दिए । कोरोना संक्रमित व्यक्ति व्यास-१३ का हुन् । उनि गत जेठ १० गते भारतबाट आएका थिए ।

हिजो बुधबार साँझ आदिकवि भानुभक्त क्याम्पसमा बसेकाहरुले धेरै दिन हुँदा समेत रिपोर्ट नआएकाले घर जान पाउनुपर्ने भन्दै आन्दोलन गरेका थिए ।

जबरजस्ती गरेर घर जान लागेसी रोक्न खोजेपनि क्वारेन्टाइनमा बस्न नमानेको हुँदा पीसीआर रिपोर्ट नआएका ५० जनालाई घर जान दिइएको व्यास नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख प्रमोद सोतीले बताए ।

‘झोला बोकेर घर जान्छम अब बस्न सकिदैन क्वारेटाइनमा भन्दै जबरजस्ती जान खोजेका थिए । स्वास्थ्य शाखा प्रमुख सोतीले भने ‘होहल्ला गर्दै जसरी जान्छम भनेपछि जान दिएका हौ ।’ उनले थपे ‘उनीहरुको आरडीटी विधिबाट कोरोना परिक्षण गरिएको थियो ।’

हिजो(बुधबार) साझ नछोड्न भनेको थिए तर क्वारेन्टाइनमा बसेका ५० जना लाई घर जान दिईएछ प्रमुख जिल्ला अधिकारी बद्रिनाथ अधिकारीले बताए । ‘मैले त राति भईसक्यो आज नछोडौ भनेको थिए ।’ प्रजिअ अधिकारीले भने ‘नगरपालिकामा कुरा गर्दा मेयरले जान दिनुभएछ ।’

‘हामि भन्दा पछि आउनेको रिपोर्ट आइसकेको छ तर हाम्रो रिपोर्ट आएन त्यसैले घर जान पाउ भन्दै भनेका हौ’ आदिकविको क्वारेन्टाइनमा बसेका एक जनाको व्यक्तिले फोन भने ‘२५ दिन देखि क्वारेन्टाइनमा थिएम, स्वाब संकलन भएको पनि ११ दिन सम्म पनि रिपोर्ट आएन ।’

आदिकविको क्वारेन्टाइनमा ५० मध्ये १५ जनाको मात्रै कन्ट्रयाक्ट ट्रेसिंङका आधार स्वाब संकलन

व्यास नगरपालिकाको क्वारेन्टाइनबाट हिजो (बुधबार) घर गएका ५० जना मध्ये १५ जनाको मात्रै कन्ट्रयाक्ट ट्रेसिंङका आधार पीसीआर विधिबाट कोरोना परिक्षणका लागि स्वाब संकलन गरिएको खुलासा भएको छ ।

आरडिटी भने सबैको गरिएको व्यास नगरपालिकाले जनाएको छ । हिजो घर गएका मध्ये १ जनामा कोरोना संक्रमण देखिएको छ ।

गत जेठ २४ गते आदिकविको क्वारेन्टाइनमा रहेका ५० मध्ये १५ र मर्दशा प्राविको क्वारेन्टाइनमा रहेका १९ जनाको कन्ट्रयाक्ट ट्रेसिंङका आधार पीसीआर विधिबाट कोरोना परिक्षणका लागि स्वाब संकलन गरिएको थियो ।

यो पनि:

तनहुँका थप १२ जनामा कोरोना संक्रमण पुष्टि, मनाङमा पनि देखियो संक्रमण

तनहुँको शुक्लागण्डकीका २ पुरुषमा कोरोना पुष्टि, तनहुँमा संक्रमितको संख्या ११ पुग्यो

तनहुँका पहिलो कोरोना संक्रमित निको भए, अस्पतालबाट डिस्चार्ज भएर घर फर्किए

तनहुँ घिरिङका कोरोना संक्रमित भारतबाट जेठ १४ र १५ गते आएका थिए, सबैको उपचार जीपीको आइसोलेसनमा

तनहुँ घिरिङका ५ जना पुरुषमा कोरोना पुष्टि, तनहुँमा संक्रमितको संख्या ९ पुग्यो


तनहुँ घिरिङका कोरोना संक्रमित भारतबाट जेठ १६ गते आएका थिए, तनहुँमा संक्रमितको संख्या ४ पुग्यो

तनहुँका एक सहित गण्डकी प्रदेशका थप ३७ जनामा कोरोना, संक्रमितको संख्या १८८ पुग्यो

तनहुँका स्थानीय तहले कोरोना परीक्षणका लागी पीसीआर मेसिन खरीद गर्ने, जीपी कोइरालामा राखिने

तनहुँ ऋषिङका दुबै कोरोना संक्रमित भारतको दिल्लीबाट आएका थिए जेठ ११ गते, जीपीको आइसोलेसनमा लगियो


तनहुँका थप २ जनामा कोरोना संक्रमण पुष्टि, गण्डकी प्रदेशमा संक्रमितको संख्या ५६ पुग्यो

तनहुँको पहिलो कोरोना संक्रमितलाई जी.पी. कोइराला श्वासप्रश्वास उपचार केन्द्रको आइसोलेसनमा राखियो

पहिलो कोरोना संक्रमित १ हप्ताअघि भारतबाट आएका थिए, १० जनाकाे टाेली

तनहुँमा पहिलाे व्यक्तिमा काेराेना पुष्टि, गल्याङमा २ थपिए, गण्डकीमा २४ पुग्याे

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ