पर्वत अस्पतालका ५ जना स्वास्थ्यकर्मीलाई कोरोना पुष्टि, इमर्जेन्सी बाहेक सबै सेवा बन्द

पर्वत अस्पतालका ५ जना स्वास्थ्यकर्मीलाई कोरोना पुष्टि, इमर्जेन्सी बाहेक सबै सेवा बन्द

Parbat Hospital

पर्वत । पर्वत अस्पतालका ५ जना स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

आज असार ५ गते शुक्रबार राष्ट्रिय प्रयोगशाला टेकु काठमाडौमा गरिएको स्वाब परिक्षणमा पर्वत अस्पतालका ५ जना स्वास्थ्यकर्मीमा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण देखिए पर्वत अस्पतालले जनाएको छ ।

शुक्रबार बिहान प्रेस विज्ञप्ति जारी गर्द पर्वत अस्पतालले इमर्जेन्सी सेवा बाहेक अरु सेवा अर्को सूचना नभए सम्मका लागी बन्द रहने पर्वत अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. शिशिर देवकोटाले बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ