गण्डकी प्रदेशमा थप ३२ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ३८० पुग्यो

गण्डकी प्रदेशमा थप ३२ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ३८० पुग्यो

Corona update 2

पोखरा । गण्डकी प्रदेशमा थप ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । तनहुँमा १७ जना, बागलुङमा १० जना र पर्वतमा ५ जना कोरोना संक्रमित थपिएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।

तनहुँको १७ जना नै घिरिङ नगरपालिकाका मात्र हुन् । घिरिङका १४ जना पुरूष र ३ जना महिलामा कोरोना संक्रमण देखिएको छ ।

पर्वतको कुश्मा नगरपालिकामा ३ जना पुरूष र २ महिला स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको हो ।

बागलुङ नगरपालिकामा ५ जना पुरूष, ढोरपाटन नगरपालिकामा ४ जना पुरूष र बागलुङकै पालिका नखुलेकी एक महिलामा कोरोना संक्रमण देखिएको प्रदेश स्वास्थ्य निर्देशनालयले पुष्टि गरेको छ ।

सबैलाई जिल्लाको आइसोलेसनमा लैजाने तयारी भइरहेको प्रदेश स्वास्थ्य निर्देशक विनोदविन्दु शर्माले जानकारी दिए । योसँगै गण्डकीमा कोरोना संक्रमितको संख्या ३ सय ८० पुगेको छ । आजमात्र गण्डकीमा थप ५६ जनाको कोरोना संक्रमण पुष्टि भएको छ ।

आज बिहानमात्र गण्डकीमा ४ जिल्लामा २४ जना संक्रमित भेटिएका थिए । नवलपुरमा २, बागलुङमा १४, कास्कीमा ६ र स्याङ्जामा २ जनामा आज बिहानै संक्रमण पुष्टि भएको थियो ।

तनहुँको घिरिङमा थप १७ जनामा कोरोना संक्रमण पुष्टि, तनहुँमा संक्रमितको संख्या ४३ पुग्यो

पर्वत अस्पतालका ५ जना स्वास्थ्यकर्मीलाई कोरोना पुष्टि, इमर्जेन्सी बाहेक सबै सेवा बन्द

कास्कीको पोखरासहित गण्डकी प्रदेशका थप २४ जनामा कोरोना पुष्टि, कुल ३४८ पुग्यो

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 2 seconds