सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अमेरिकी मिलिनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) स्वीकार नगर्ने बताउनुभएको छ । नेकपाले एमसीसीको बारेमा निर्णय गर्न नसकिरहेको बेला प्रचण्डको सो अभिव्यक्ति आएको हो ।
शुक्रबार चिनियाँ कम्युनिष्ट पार्टीसँगको भिडियो कन्फरेन्समा अध्यक्ष प्रचण्डले सैन्य गठबन्धनसँग जोडिएका कुनै पनि आर्थिक सहायता स्वीकार नगर्ने स्पष्ट पार्दै एमसीसी पनि स्वीकार गर्न नसक्ने स्पष्ट पार्नुभयो ।
हिजो राष्ट्रिय सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले एमसीसी स्वीकार गरेर जानुपर्ने धारणा व्यक्त गर्नुभएको थियो । तर लगत्तै आज प्रचण्डले नेपालको संविधानसँग बाझिने सुरक्षा गठबन्धनसँग जोडिएको सहयोग स्वीकार नगर्ने बताएसँगै प्रधानमन्त्री ओलीलाई झड्का लागेको छ ।
नेकपाले आफ्नो परराष्ट्र नीति सञ्चालन गर्दा यो तथ्यप्रति पूर्णरुपमा सचेत रहेको बताउदै उहाँले नेपालको सार्वभौम स्वतन्त्रता, र गैरहस्ताक्षरित नीतिलाई सम्मान गर्ने मित्र देशहरूको कुनै पनि विकास समर्थनलाई स्वागत गरिए पनि संविधानविरुद्धका सुरक्षासहित संलग्न कुनै पनि प्रकारको सहयोग स्वीकार गर्न नसकिने बताउनुभयो ।
त्यसैगरी प्रचण्डले चिनियाँ जनताको एकता, दृढता, त्याग, समर्पण र मानवअधिकारको अदृश्य रोगबिरूद्धको युद्धमा चीनको कम्युनिष्ट पार्टीले निर्देशित गरेको अनुकरणीय प्रदर्शन सराहनीय भएको बताउदै । नेकपा र चीनको कम्युनिष्ट पार्टीसँग मिलेर साझा विकास, समृद्धि, शान्ति र सद्भावको लागि काम गर्न चाहेको बताउनुभयो ।
सम्बन्धित खबर
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अर्बौं भ्रष्टाचार भएको संसदीय छानबिनको ठहर
पाँच दिनभित्र १९ अर्ब नबुझाए एनसेलको लाइसेन्स स्वतः रद्ध
सहरी योजना आयोगका उपाध्यक्ष र दुई सदस्यले मेयर आचार्यलाई बुझाए राजीनामा
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस पढाइ हुने
मित्रमिलन सहकारीको बचत फिर्ता योजनाको प्रस्ताव
सहकारीको हविगतमा पुग्दै एनआईसी एसिया
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु