एमसीसी स्वीकार नगर्ने प्रचण्डको घोषणा, ओलीलाई झड्का !

एमसीसी स्वीकार नगर्ने प्रचण्डको घोषणा, ओलीलाई झड्का !

prachanda oli

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अमेरिकी मिलिनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) स्वीकार नगर्ने बताउनुभएको छ । नेकपाले एमसीसीको बारेमा निर्णय गर्न नसकिरहेको बेला प्रचण्डको सो अभिव्यक्ति आएको हो ।

शुक्रबार चिनियाँ कम्युनिष्ट पार्टीसँगको भिडियो कन्फरेन्समा अध्यक्ष प्रचण्डले सैन्य गठबन्धनसँग जोडिएका कुनै पनि आर्थिक सहायता स्वीकार नगर्ने स्पष्ट पार्दै एमसीसी पनि स्वीकार गर्न नसक्ने स्पष्ट पार्नुभयो ।

हिजो राष्ट्रिय सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले एमसीसी स्वीकार गरेर जानुपर्ने धारणा व्यक्त गर्नुभएको थियो । तर लगत्तै आज प्रचण्डले नेपालको संविधानसँग बाझिने सुरक्षा गठबन्धनसँग जोडिएको सहयोग स्वीकार नगर्ने बताएसँगै प्रधानमन्त्री ओलीलाई झड्का लागेको छ ।

नेकपाले आफ्नो परराष्ट्र नीति सञ्चालन गर्दा यो तथ्यप्रति पूर्णरुपमा सचेत रहेको बताउदै उहाँले नेपालको सार्वभौम स्वतन्त्रता, र गैरहस्ताक्षरित नीतिलाई सम्मान गर्ने मित्र देशहरूको कुनै पनि विकास समर्थनलाई स्वागत गरिए पनि संविधानविरुद्धका सुरक्षासहित संलग्न कुनै पनि प्रकारको सहयोग स्वीकार गर्न नसकिने बताउनुभयो ।

त्यसैगरी प्रचण्डले चिनियाँ जनताको एकता, दृढता, त्याग, समर्पण र मानवअधिकारको अदृश्य रोगबिरूद्धको युद्धमा चीनको कम्युनिष्ट पार्टीले निर्देशित गरेको अनुकरणीय प्रदर्शन सराहनीय भएको बताउदै । नेकपा र चीनको कम्युनिष्ट पार्टीसँग मिलेर साझा विकास, समृद्धि, शान्ति र सद्भावको लागि काम गर्न चाहेको बताउनुभयो ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ