आफन्तले लगिदिए क्वारेन्टाइन मै मदिरा: पीसीआर रिपोर्ट नआएको भन्दै भिमादको जनज्योति क्याम्पसमा तोडफोड

आफन्तले लगिदिए क्वारेन्टाइन मै मदिरा: पीसीआर रिपोर्ट नआएको भन्दै भिमादको जनज्योति क्याम्पसमा तोडफोड

JanaJyoti Campus Bhimad

किरण श्रेष्ठ, तनहुँ । तनहुँको भिमाद नगरपालिकाले जनज्योति क्याम्पसमा बनाएको क्वारेन्टाइनमा तोडफोड भएको छ ।

बिहिबार राति १० बजेपछि सो क्याम्पसमा बनाइएको क्वारेन्टाइनमा बस्नेहरुले पीसीआर रिपोर्ट नआएको भन्दै तोडफोडमा उत्रिएको जनज्योति क्याम्पस संचालक समितिका अध्यक्ष जित प्रकाश आलेले जानकारी दिए ।

बिहिबार राति भएको तोडफोडबाट क्याम्पसको झ्याल, सिसा र कुर्ची क्षति भएको अध्यक्ष आलेले बताए । क्वारेन्टाइन भएको क्याम्पस भिमाद बजारको छेउमा रहको छ ।

क्वारेन्टाइनमा बस्नेहरुलाई उनिहरुको आफन्तले मदिरा र सुर्तीजन्य पदार्थ क्वारेन्टाइन मै सुरक्षाकर्मीको आखाँ छलेर लगिदिने गरेका छ्न । सो कुरा सत्य नै भएको क्याम्पस संचालक समितिका अध्यक्ष आलेले स्वीकार गरे ।

‘लामो समय सम्म क्वारेन्टाइनमा बसेकाहरुको पीसीआर रिपोर्ट नआउँदा आन्दोलन संगै तोडफोडमा उत्रिएछन ।’ अध्यक्ष आलेले भने ‘हिजो राति क्याम्पसमा भएको तोडफोडबाट ठुलै क्षति पुगेको छ ।’

उनले थपे ‘क्वारेन्टाइनमा बसेकालाई आफन्तले रातको समयमा मदिरा लगिदिएपछि लामो समयदेखि रिपोर्टको पर्खाइमा बसेका उग्र रुपमा हिजो तोडफोड मै उत्रिएछन् ।’ मदिरा(रक्सि) सेवन गरेपछि क्वारेन्टाइनमा बसेका हो-हल्ला गर्दा तोडफोडमा उत्रिएका थिए ।

आज (शुक्रबार) बिहान बिहिबार राति भएको तोडफोडको घटनालाई लिएर भिमाद नगरपालिकामा सर्वदलिय बैठक बसेको थियो ।

उक्त सर्वदलिय बैठकमा क्वारेन्टाइनमा खाना खाजाको राम्रो व्यवस्थापन, क्वारेन्टाइनको संख्या बढाई क्षमता अनुसारको राख्न सुझाव दिएको जनज्योति क्याम्पस संचालक समितिका अध्यक्ष जित प्रकाश आलेले जानकारी दिए ।

उक्त जनज्योति क्याम्पसमा बनाइएको क्वारेन्टाइनमा ७२ जना बस्दै आएका छ्न । करिब २ हप्ता हुन लाग्दा समेत रिपोर्ट नआएपछी क्वारेन्टाइनमा बसेकाहरु तोडफोडमा उत्रिएका हुन् ।

भिमाद नगरपालिकाका स्वास्थ्य शाखाबाट क्वारेन्टाइनमा जाने गरेतापनि नगरपालिकाबाट क्वारेइटाइनमा बसेकाको हौसला बढाउन जनप्रतिनिधि नजाने क्वारेन्टाइनमा बसेकाहरुको गुनासो छ ।

क्याम्पसमा क्वारेन्टाइन सुरक्षित छैन

क्याम्पसको शैक्षिक भवन नगरपालिकालाई सहयोग होस् भनेर क्वारेन्टाइन बनाउन दियौ तर क्याम्पस मै तोडफोड भएछ जनज्योति क्याम्पसका प्रमुख केशवराज काफ्लेले बताए । उनले भने ‘यसरि त क्याम्पस जोगाउने गाह्रो हुने भयो ।’

‘क्याम्पसमा कम्पाउण्ड छैन, सुरक्षाको हिसाबले पनि हाम्रो क्याम्पसमा क्वारेन्टाइन सुरक्षित छैन ।’ क्याम्पस प्रमुख काफ्लेले भने ‘खुल्ला ठाउँ र छेउ मै सेती छ ।’ उनले थपे ‘कुनै अप्रिय घटना नघटोस ।’

क्याम्पस पमुख काफ्ले भन्छन ‘अझै क्याम्पस जस्तो शिक्षालयमा रक्सि र चुरोट समेत लैजाने/खाने गरेको भन्न सुनियो ।’

हामी लाई अरु नै तनाव छ, यो सामान्य घटना हो – मेयर

बिहिबार रात्ति क्वारेन्टाइनमा भएको तोडफोडको घटना सामान्य भएको भिमाद नगरपालिकाका प्रमुख मेख बहादुर थापाले बताए । ‘हामीलाई अरु नै तनाव छ ।’ प्रमुख थापाले भने ‘क्वारेन्टाइनमा अलि अलि त भईहाल्छ नि, ठुलो कुरा होइन ।’

घट्ना सामान्य भएको र आज बैठक बसेर सबै मिलेको नगरप्रमुख थापाले बताए । उनले थपे ‘हाम्रो नगरपालिकाको क्वारेन्टाइन तनहुँ जिल्ला कै नम्बर वान छ । हेर्न आए हुन्छ ।’

यो पनि:

तनहुँको घिरिङमा थप १७ जनामा कोरोना संक्रमण पुष्टि, तनहुँमा संक्रमितको संख्या ४३ पुग्यो

तनहुँका १५ जना कोरोना संक्रमितलाई दमौलीको क्रियापुत्री भवनको आइसाेलेसनमा राखियो

तनहुँको व्यास नगरपालिकामा रिपोर्ट नै नआई घर पठाईएका एक सहित ३ जनामा कोरोना संक्रमण पुष्टि

तनहुँका थप १२ जनामा कोरोना संक्रमण पुष्टि, मनाङमा पनि देखियो संक्रमण

तनहुँको शुक्लागण्डकीका २ पुरुषमा कोरोना पुष्टि, तनहुँमा संक्रमितको संख्या ११ पुग्यो

तनहुँका पहिलो कोरोना संक्रमित निको भए, अस्पतालबाट डिस्चार्ज भएर घर फर्किए

तनहुँ घिरिङका कोरोना संक्रमित भारतबाट जेठ १४ र १५ गते आएका थिए, सबैको उपचार जीपीको आइसोलेसनमा

तनहुँ घिरिङका ५ जना पुरुषमा कोरोना पुष्टि, तनहुँमा संक्रमितको संख्या ९ पुग्यो


तनहुँ घिरिङका कोरोना संक्रमित भारतबाट जेठ १६ गते आएका थिए, तनहुँमा संक्रमितको संख्या ४ पुग्यो

तनहुँका एक सहित गण्डकी प्रदेशका थप ३७ जनामा कोरोना, संक्रमितको संख्या १८८ पुग्यो

तनहुँका स्थानीय तहले कोरोना परीक्षणका लागी पीसीआर मेसिन खरीद गर्ने, जीपी कोइरालामा राखिने

तनहुँ ऋषिङका दुबै कोरोना संक्रमित भारतको दिल्लीबाट आएका थिए जेठ ११ गते, जीपीको आइसोलेसनमा लगियो


तनहुँका थप २ जनामा कोरोना संक्रमण पुष्टि, गण्डकी प्रदेशमा संक्रमितको संख्या ५६ पुग्यो

तनहुँको पहिलो कोरोना संक्रमितलाई जी.पी. कोइराला श्वासप्रश्वास उपचार केन्द्रको आइसोलेसनमा राखियो

पहिलो कोरोना संक्रमित १ हप्ताअघि भारतबाट आएका थिए, १० जनाकाे टाेली

तनहुँमा पहिलाे व्यक्तिमा काेराेना पुष्टि, गल्याङमा २ थपिए, गण्डकीमा २४ पुग्याे

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ


This will close in 2 seconds