तनहुँ । तनहुँका थप २५ जनामा आज शनिबार बिहान एकैदिन कोरोना संक्रमण पुष्टि भएको छ । नयाँ थपिएको मध्य ऋषिङ गाउँपालिकाका २१ जना, व्यास नगरपालिकाका २ जना र शुक्लागण्डकी नगरपालिकाका २ जना कोरोना सङ्क्रमित थपिएको हो ।
योसंगै तनहुँमा कोरोना संक्रमितको संख्या ६८ जना पुगेको छ । जसमध्य ऋषिङ गाउँपालिकाका २ जना निको भएर घर फर्किसकेका छन ।
योसंगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ४३८ पुगेको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ
आज मात्रै गण्डकी प्रदेशमा नयाँ ५८ जना संक्रमित थपिएका सबैजना संक्रमित सम्बन्धित पालिकाको क्वारेन्टाइनमा रहेका छन ।
उनीहरु लाई सम्बन्धित जिल्लाहरुमा रहेका आईसोलेसन कक्षमा लैजाने तयारी भैरहेको स्वास्थ निर्देशनालय गण्डकीले जनाएको छ ।

आज थपिएकाहरुको स्वाब राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु, भरतपुर अस्पताल र पोखरामा परिक्षण गरिएको थियो ।
तनहुँको कुन स्थानीय तहमा कति कोरोना संक्रमित ?
गत जेठ १८ गते तनहुँमा पहिलो संक्रमित भेटिएको थियो । यो अवधिमा जिल्लामा संक्रमितको संख्या ६८ जना पुगेको छ भने २ जना पुरुष निको भएर घर फर्किएका छन् ।
हालसम्म जिल्लाको व्यास नगरपालिकामा ५ जना, ऋषिङ गाउँपालिकामा ३१ जना, भानु नगरपालिकामा ४ जना, घिरिङ गाउँपालिकामा २३ जना, शुक्लागण्डकी नगरपालिकामा ५ जनामा संक्रमण पुष्टि भएको छ ।
यस्तो छ गण्डकी प्रदेशमा काेराेना भाइरस संक्रमण [ जिल्लागत विवरण ]
आज शनिबार (असार ६ गते) गण्डकी प्रदेशमा थप ५८ नयाँ कोरोना संक्रमित थपिए संगै गण्डकीमा कुल संक्रमितको संख्या ४ सय ३८ पुगेको छ ।
जसमध्ये कास्कीका १५, पर्वतका ४३, बाग्लुङका ७४, म्याग्दीका ४, मनाङका १, लमजुङका १, गाेरखाका ४१, तनहुँका ६८, स्याङ्जाका ७६ र नवलपुरका ११५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
कोरोनाका कारण स्याङ्जा जिल्लाका १ जना वृद्धको मृत्यु भएको छ ।
यो पनि:
सम्बन्धित खबर
पुल नहुँदा सदरमुकामकै दुई खोलामा जोखिमपूर्ण यात्रा
पोखरामा थ्री–एस सुविधासहित बीवाइडीको आधिकारिक सर्भिस सेन्टर खुल्यो
बाघको आक्रमणमा दुई बाख्रा मरे
स्याङ्जा प्रशासनको सेवा अब सहज, नयाँ प्रणालीले घटायो लाइन र झन्झट
कञ्चन पत्रकारिता पुरस्कार २०८३ बाट पत्रकारद्वय सारु र जिटी सम्मानित
वर्षा र चितुवाको प्रकोपले पुतलीबजारका किसानलाई दोहोरो मार
यो पनि पढौँ
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो
गण्डकीका प्रदेश प्रमुख भट्टले गरे गाँजा विधेयक प्रमाणीकरण