गण्डकी प्रदेशका थप ५८ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ४ सय ३८ पुग्यो

गण्डकी प्रदेशका थप ५८ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ४ सय ३८ पुग्यो

Corona Trot Swap

पोखरा । गण्डकी प्रदेशका थप ५८ जनामा कोरोना पुष्टि भएको छ । शनिबार बिहान गण्डकी प्रदेशका ७ जिल्लामा थप ५८ जना कोरोना संक्रमितथपिएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।

शनिबार थपिने मध्ये तनहुँमा २५, नवलपुरमा १६, बाग्लुङमा ८, गोरखामा ५, कास्कीमा २, म्याग्दीमा १ र स्याङ्जामा १ जनामा गरि कुल ५८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमण पुष्टि भएकाहरुको संख्या ४ सय ३८ पुगेको गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका निर्देशक डा. विनोद विन्दु शर्माले जानकारी दिए ।

नयाँ संक्रमितहरुमध्ये तनहुँको ऋषिङ गाउँपालिकाका २१ जना छन् । उनीहरु १ वर्षको बालकदेखि ३७ वर्ष उमेर समूहका युवाहरु छन् ।

यस्तै व्यास नगरपालिकाका २४ र २८ वर्षका दुई जना पुरुष तथा शुक्लागण्डकी नगरपालिकाका ३५ र २२ वर्षका दुई जना पुरुषमा पनि कोरोना पुष्टि भएको छ ।

नवलपुर जिल्लाका १६ संक्रमितहरुमध्ये बुलिङटार गाउँपालिकाका मात्रै ११ जना छन् । उनीहरु १७ वर्षदेखि ३७ वर्ष उमेर समूहका पुरुषहरु हुन् । यस्तै मध्यविन्दु नगरपालिकाका २५ र ४५ वर्ष उमेर समूहका दुई जना पुरुषमा पनि कोरोना पुष्टि भएको छ ।

नवलपुरकै बौदीकाली गाउँपालिकाका ४७ वर्षीय पुरुष, विनयत्रिवेणी गाउँपालिका २१ वर्षीय पुरुष र देवचुली नगरपालिकाका १९ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण पाइएको छ ।

बाग्लुङको काठेगाखोला गाउँपालिकामा ७ जना पुरुष र एक जना महिला गरी ८ जना नयाँ संक्रमित फेला परेका छन् । उनीहरु २२ देखि ३९ वर्ष उमेर समूहका छन् ।

त्यस्तै गोरखाको भिमसेन नगरपालिकामा ३६, ३३, २२, ३५ र २८ वर्षका पाँच जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य निर्देशनालय पोखराले शनिबार बिहान जारी गरेको सूचनाअनुसार कास्कीको मादी गाउँपालिकामा ४१ वर्षीय पुरुष र १९ महिने बालिकामा कोरोना पुष्टि भएको छ ।

यसैगरी म्याग्दीको मालिका गाउँपालिकामा ३० वर्षीय पुरुष र स्याङ्जाको पालिका नखुलेको २९ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण देखिएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जनाएको छ ।

तनहुँका थप २५ जनामा एकैदिन कोरोना पुष्टि, संक्रमितको संख्या ६८ पुग्यो

यस्तो छ गण्डकी प्रदेशमा काेराेना भाइरस संक्रमण [ जिल्लागत विवरण ]

आज शनिबार (असार ६ गते) गण्डकी प्रदेशमा थप ५८ नयाँ कोरोना संक्रमित थपिए संगै गण्डकीमा कुल संक्रमितको संख्या ४ सय ३८ पुगेको छ ।

जसमध्ये कास्कीका १५, पर्वतका ४३, बाग्लुङका ७४, म्याग्दीका ४, मनाङका १, लमजुङका १, गाेरखाका ४१, तनहुँका ६८, स्याङ्जाका ७६ र नवलपुरका ११५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

कोरोनाका कारण स्याङ्जा जिल्लाका १ जना वृद्धको मृत्यु भएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ