तनहुँ । तनहुँ जिल्लामा थप २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । तनहुँको व्यास नगरपालिकाका थप २ जनामा काेराेना पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।
व्यास नगरपालिकाको १ जना २७ वर्षीय पुरुष र १ जना ४० वर्षीया महिला गरि थप २ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
तनहुँको व्यास नगरपालिकामा आज भेटिएको ४ मध्य २ जनालाई जीपी कोइराला राष्ट्रिय स्वासप्रस्वास उपचार केन्द्रको आइसोलेसनमा लगिएको व्यास नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख प्रमोद सोतीले बताए ।
‘एकजना व्यास कै स्थानीय भएपनि ऋषिङ गाउँपालिकाको क्वारेन्टाइनमा बसेको र उनलाई सोही गाउँपालिकाले नै आइसोलेसनमा लैजानेछ।’ प्रमुख सोतीले भने ‘ अर्को एक जना संक्रमित भने बिरामी महिला भएकाले उनलाई आफ्नै घरमा एक्लै राखिएको छ ।’
उक्त संक्रमित महिला भारतमा पाठेघरको उपचार पछि घर आएर होम क्वारेन्टाइनमै एक्लै बस्दै आइरहेको प्रमुख सोतीले बताए ।
‘उहाँ भारतबाट आएदेखि एक्लै घरमै बस्दै आउनु भएको छ ।’ प्रमुख सोतिले भने ‘जीपीमा अरु महिला संक्रमित नभएको र महिलाका लागि छुट्टै आइसोलेसन बनाउदै गरेको हुँदा केही दिन घरमै सुरक्षित साथ राखेका हौ ।’
उनले थपे ‘जीपीमा महिलाको लागी छुट्टै आइसोलेसन बन्ने बित्तिकै उहाँ पनि लैजान्छौ ।’
व्यास नगरपालिकामा कोरोना संक्रमितको संख्या ७ जना पुगेको छ ।
योसंगै तनहुँमा कोरोना संक्रमितको संख्या ७० जना पुगेको छ ।
जसमध्य ऋषिङ गाउँपालिकाका २ जना निको भएर घर फर्किसकेका छन ।
त्यस्तै तनहुँका थप ५ जना पनि निको भएका छन तर स्थानीय तह लिन नआउदा आइसोलेसन रहेको अस्पताल मै रहेका छन ।
योसंगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ४३८ पुगेको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।

आज शनिबार बिहान मात्रै तनहुँमा २५ जना कोरोना संक्रमित थपिएका थिए ।
ऋषिङ गाउँपालिकाका २१ जना, व्यास नगरपालिकाका २ जना र शुक्लागण्डकी नगरपालिकाका २ जना कोरोना सङ्क्रमित थपिएको थियो ।
तनहुँको कुन स्थानीय तहमा कति कोरोना संक्रमित ?
गत जेठ १८ गते तनहुँमा पहिलो संक्रमित भेटिएको थियो ।
यो अवधिमा जिल्लामा संक्रमितको संख्या ७० जना पुगेको छ भने २ जना पुरुष निको भएर घर फर्किएका छन् ।
हालसम्म जिल्लाको व्यास नगरपालिकामा ७ जना, ऋषिङ गाउँपालिकामा ३१ जना, भानु नगरपालिकामा ४ जना, घिरिङ गाउँपालिकामा २३ जना, शुक्लागण्डकी नगरपालिकामा ५ जनामा संक्रमण पुष्टि भएको छ ।
यो पनि:
सम्बन्धित खबर
सडकबाट ट्रिपर खस्दा एक जनाको मृत्यु, चालक फरार
श्याम स्मृति फुटबल प्रतियोगिता २६ वर्षपछि पुनः सञ्चालनमा
सरकारी विज्ञापन नीतिविरुद्ध स्याङ्जाका पत्रकारको दबाब, प्रधानमन्त्रीलाई हस्ताक्षरसहित मागपत्र
पूर्वविद्यार्थीको पहलमा भीरकोटका दुई विद्यालयमा कम्प्युटर सहयोग
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
नेपाल पत्रकार महासंघ स्याङ्जाद्वारा तीन पूर्व अध्यक्षलाई सम्मान
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु