तनहुँकाे व्यास नगरपालिकाका थप २ जनामा काेराेना पुष्टि, संक्रमितको संख्या ७० पुग्यो

तनहुँकाे व्यास नगरपालिकाका थप २ जनामा काेराेना पुष्टि, संक्रमितको संख्या ७० पुग्यो

Corona update 4

तनहुँ । तनहुँ जिल्लामा थप २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । तनहुँको व्यास नगरपालिकाका थप २ जनामा काेराेना पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।

व्यास नगरपालिकाको १ जना २७ वर्षीय पुरुष र १ जना ४० वर्षीया महिला गरि थप २ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

तनहुँको व्यास नगरपालिकामा आज भेटिएको ४ मध्य २ जनालाई जीपी कोइराला राष्ट्रिय स्वासप्रस्वास उपचार केन्द्रको आइसोलेसनमा लगिएको व्यास नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख प्रमोद सोतीले बताए ।

‘एकजना व्यास कै स्थानीय भएपनि ऋषिङ गाउँपालिकाको क्वारेन्टाइनमा बसेको र उनलाई सोही गाउँपालिकाले नै आइसोलेसनमा लैजानेछ।’ प्रमुख सोतीले भने ‘ अर्को एक जना संक्रमित भने बिरामी महिला भएकाले उनलाई आफ्नै घरमा एक्लै राखिएको छ ।’

उक्त संक्रमित महिला भारतमा पाठेघरको उपचार पछि घर आएर होम क्वारेन्टाइनमै एक्लै बस्दै आइरहेको प्रमुख सोतीले बताए ।

‘उहाँ भारतबाट आएदेखि एक्लै घरमै बस्दै आउनु भएको छ ।’ प्रमुख सोतिले भने ‘जीपीमा अरु महिला संक्रमित नभएको र महिलाका लागि छुट्टै आइसोलेसन बनाउदै गरेको हुँदा केही दिन घरमै सुरक्षित साथ राखेका हौ ।’
उनले थपे ‘जीपीमा महिलाको लागी छुट्टै आइसोलेसन बन्ने बित्तिकै उहाँ पनि लैजान्छौ ।’

व्यास नगरपालिकामा कोरोना संक्रमितको संख्या ७ जना पुगेको छ ।

योसंगै तनहुँमा कोरोना संक्रमितको संख्या ७० जना पुगेको छ ।

जसमध्य ऋषिङ गाउँपालिकाका २ जना निको भएर घर फर्किसकेका छन ।

त्यस्तै तनहुँका थप ५ जना पनि निको भएका छन तर स्थानीय तह लिन नआउदा आइसोलेसन रहेको अस्पताल मै रहेका छन ।

योसंगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ४३८ पुगेको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।


आज शनिबार बिहान मात्रै तनहुँमा २५ जना कोरोना संक्रमित थपिएका थिए ।

ऋषिङ गाउँपालिकाका २१ जना, व्यास नगरपालिकाका २ जना र शुक्लागण्डकी नगरपालिकाका २ जना कोरोना सङ्क्रमित थपिएको थियो ।

तनहुँको कुन स्थानीय तहमा कति कोरोना संक्रमित ?

गत जेठ १८ गते तनहुँमा पहिलो संक्रमित भेटिएको थियो ।

यो अवधिमा जिल्लामा संक्रमितको संख्या ७० जना पुगेको छ भने २ जना पुरुष निको भएर घर फर्किएका छन् ।

हालसम्म जिल्लाको व्यास नगरपालिकामा ७ जना, ऋषिङ गाउँपालिकामा ३१ जना, भानु नगरपालिकामा ४ जना, घिरिङ गाउँपालिकामा २३ जना, शुक्लागण्डकी नगरपालिकामा ५ जनामा संक्रमण पुष्टि भएको छ ।

यो पनि:

तनहुँकाे व्यास नगरपालिकाका थप २ जनामा काेराेना पुष्टि, संक्रमितको संख्या ७० पुग्यो

आफन्तले लगिदिए क्वारेन्टाइन मै मदिरा: पीसीआर रिपोर्ट नआएको भन्दै भिमादको जनज्योति क्याम्पसमा तोडफोड

तनहुँको घिरिङमा थप १७ जनामा कोरोना संक्रमण पुष्टि, तनहुँमा संक्रमितको संख्या ४३ पुग्यो

तनहुँका १५ जना कोरोना संक्रमितलाई दमौलीको क्रियापुत्री भवनको आइसाेलेसनमा राखियो

तनहुँको व्यास नगरपालिकामा रिपोर्ट नै नआई घर पठाईएका एक सहित ३ जनामा कोरोना संक्रमण पुष्टि

तनहुँका थप १२ जनामा कोरोना संक्रमण पुष्टि, मनाङमा पनि देखियो संक्रमण

तनहुँको शुक्लागण्डकीका २ पुरुषमा कोरोना पुष्टि, तनहुँमा संक्रमितको संख्या ११ पुग्यो

तनहुँका पहिलो कोरोना संक्रमित निको भए, अस्पतालबाट डिस्चार्ज भएर घर फर्किए

तनहुँ घिरिङका कोरोना संक्रमित भारतबाट जेठ १४ र १५ गते आएका थिए, सबैको उपचार जीपीको आइसोलेसनमा

तनहुँ घिरिङका ५ जना पुरुषमा कोरोना पुष्टि, तनहुँमा संक्रमितको संख्या ९ पुग्यो


तनहुँ घिरिङका कोरोना संक्रमित भारतबाट जेठ १६ गते आएका थिए, तनहुँमा संक्रमितको संख्या ४ पुग्यो

तनहुँका एक सहित गण्डकी प्रदेशका थप ३७ जनामा कोरोना, संक्रमितको संख्या १८८ पुग्यो

तनहुँका स्थानीय तहले कोरोना परीक्षणका लागी पीसीआर मेसिन खरीद गर्ने, जीपी कोइरालामा राखिने

तनहुँ ऋषिङका दुबै कोरोना संक्रमित भारतको दिल्लीबाट आएका थिए जेठ ११ गते, जीपीको आइसोलेसनमा लगियो


तनहुँका थप २ जनामा कोरोना संक्रमण पुष्टि, गण्डकी प्रदेशमा संक्रमितको संख्या ५६ पुग्यो

तनहुँको पहिलो कोरोना संक्रमितलाई जी.पी. कोइराला श्वासप्रश्वास उपचार केन्द्रको आइसोलेसनमा राखियो

पहिलो कोरोना संक्रमित १ हप्ताअघि भारतबाट आएका थिए, १० जनाकाे टाेली

तनहुँमा पहिलाे व्यक्तिमा काेराेना पुष्टि, गल्याङमा २ थपिए, गण्डकीमा २४ पुग्याे

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ