मुस्ताङमा पनि भेटियो कोरोना संक्रमित, ८३ वर्षे वृद्धमा कोरोना पुष्टि

मुस्ताङमा पनि भेटियो कोरोना संक्रमित, ८३ वर्षे वृद्धमा कोरोना पुष्टि

Corona update 3

मुस्ताङ । मुस्ताङ जिल्लका एक जनामा काेराेना संक्रमण पुष्टि भएको छ । संक्रमित मुस्ताङको घरपझाेङ १ छैराेस्थित तिब्बती शरणार्थी क्याम्पका बासिन्दा रहेकाे जिल्ला स्वास्थ्य कार्यालय मुस्ताङले जनाएकाे छ ।

काेराेना पुष्टि भएका व्यक्ति ८३ वर्षे वृद्ध पुरुष रहेकाे स्वास्थ्य निर्देशनालाय गण्डकीले जनाएको छ ।

उनी जेठ ३१ गते काठमाडाै‌ंकाे बाैद्धबाट २० जनाकाे समूहमा आएका थिए । मुस्ताङ प्रवेश गरेलगत्तै उनकाे आर‍डिटी परीक्षण गर्दा पाेजेटिभ आएपछि स्वाब लिएर पिसिआरका लागि पाेखरा पठाइएकाे थियाे ।

संक्रमित वृद्धलाई आइसोलेसन कक्षमा लैजाने तयारी भइरहेको छ । याेसँगै अब गण्डकीका ११ वटै जिल्लामा काेराेना संक्रमित भेटिएका छन् ।

गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ४ सय ८८ जना पुगेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ