गण्डकी प्रदेशका थप ५० जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ४ सय ८८ पुग्यो

गण्डकी प्रदेशका थप ५० जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ४ सय ८८ पुग्यो

Corona Update1

पोखरा । गण्डकी प्रदेशका थप ५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गण्डकी प्रदेशको तनहुँ, बागलुङ, नवलपुर र मुस्ताङमा थप संक्रमित भेटिएका हुन् ।

तनहुँको व्यास नगरपालिकामा २७ र ४० वर्षीय पुरुषमा कोरोना संक्रमण भएको छ । त्यसैगरि बागलुङको गलकोट नगरपालिका, तारा खोला गाउँपालिका र बडिगाड गाउँपालिकामा २९ जना नयाँ संक्रमित भेटिएका छन् ।

त्यसैगरि नवलपुर (बर्दघाट सुस्ता पूर्व) को मध्य विन्दु नगरपालिकामा १८ जना नयाँ संक्रमित भेटिएका छन्।

गण्डकी प्रदेशको मुस्ताङ जिल्लामा पनि नयाँ संक्रमित भेटिएका छन् । मुस्ताङको घरपजोङ गाउँपालिका निवासी एकजना ८३ वर्षीय पुरुषमा पनि कोरोना पुष्टि भएको छ ।

योसँगै गण्डकीमा संक्रमितको संख्या ४८८ पुगेको छ । आजका सबैजना सम्बन्धित पालिकाका क्‍वारेन्टाइनमा रहेको स्वास्थ्य निर्देशनालय गण्डकी निर्देशक डा. बिनोदबिन्दु शर्माले बताए। उनीहरु सबैलाई नजिकैको आइसोलेसनमा लाने तयारी भइरहेको पनि उनले जानकारी दिएका छन ।

गण्डकीमा सबैभन्दा धेरै कोरोना संक्रमित नवलपुर जिल्लामा छन् । गण्डकीका अहिलेसम्म ३९ जना संक्रमित निको भएर घर फर्किएका छन् । एक जनाको भने मृत्यु भएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ