पोखरा । गण्डकी प्रदेशका थप ५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गण्डकी प्रदेशको तनहुँ, बागलुङ, नवलपुर र मुस्ताङमा थप संक्रमित भेटिएका हुन् ।
तनहुँको व्यास नगरपालिकामा २७ र ४० वर्षीय पुरुषमा कोरोना संक्रमण भएको छ । त्यसैगरि बागलुङको गलकोट नगरपालिका, तारा खोला गाउँपालिका र बडिगाड गाउँपालिकामा २९ जना नयाँ संक्रमित भेटिएका छन् ।
त्यसैगरि नवलपुर (बर्दघाट सुस्ता पूर्व) को मध्य विन्दु नगरपालिकामा १८ जना नयाँ संक्रमित भेटिएका छन्।
गण्डकी प्रदेशको मुस्ताङ जिल्लामा पनि नयाँ संक्रमित भेटिएका छन् । मुस्ताङको घरपजोङ गाउँपालिका निवासी एकजना ८३ वर्षीय पुरुषमा पनि कोरोना पुष्टि भएको छ ।
योसँगै गण्डकीमा संक्रमितको संख्या ४८८ पुगेको छ । आजका सबैजना सम्बन्धित पालिकाका क्वारेन्टाइनमा रहेको स्वास्थ्य निर्देशनालय गण्डकी निर्देशक डा. बिनोदबिन्दु शर्माले बताए। उनीहरु सबैलाई नजिकैको आइसोलेसनमा लाने तयारी भइरहेको पनि उनले जानकारी दिएका छन ।
गण्डकीमा सबैभन्दा धेरै कोरोना संक्रमित नवलपुर जिल्लामा छन् । गण्डकीका अहिलेसम्म ३९ जना संक्रमित निको भएर घर फर्किएका छन् । एक जनाको भने मृत्यु भएको छ ।

सम्बन्धित खबर
विदेशसम्म पुग्न थाले चापाकोटका काठे ठेकी
स्याङ्जाका ८३ वडामा कांग्रेसको वडा अधिवेशन सम्पन्न, १४ वडामा आज
अर्जुनचौपारी स्वास्थ्य चौकी लगातार दोस्रोपटक जिल्लामै उत्कृष्ट
तीन वर्षमा स्याङ्जाका दुई हजार ९१० जनाले लिए सुरक्षित गर्भपतन सेवा
चाङ्गान नेभो Q05 पोखरामा सार्वजनिक, डीपल शोरुम पोखरामा ४ दिने टेस्ट ड्राइभ कार्यक्रम
कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई ५ हजार किलो चामल सहयोग
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा
नुहाउने क्रममा आँधीखोलामा बेपत्ता भएकी महिला मृत फेला