आइसोलेसन तयार नहुँदा तनहुँ ऋषिङका २१ जना कोरोना संक्रमित ‘क्वारेन्टाइन’ मै

आइसोलेसन तयार नहुँदा तनहुँ ऋषिङका २१ जना कोरोना संक्रमित ‘क्वारेन्टाइन’ मै

Rishing Gapa Qurantine 2

किरण श्रेष्ठ, तनहुँ । आइसोलेसन कक्ष तयार नहुँदा तनहुँमा शनिबार बिहान कोरोना संक्रमण पुष्टि भएकालाई क्वारेन्टाइनमा राखिएको छ ।

तनहुँको जीपी कोइराला राष्ट्रिय स्वासप्रस्वास उपचार केन्द्रको २७ आइसोलेसन बेड शनिबार नै भरिएपछि शनिबार नै तनहुँको ऋषिङ गाउँपालिकामा देखिएका २१ कोरोना संक्रमितलाई भिमाद नगरपालिकामा रहेको सिटिईभिटिईको भवनमा आइसोलेसन बनाएर राख्ने भनिएको थियो ।

तर, आइसोलेसन बनाउन नदिदा ऋषिङ गाउँपालिकाका २१ जना कोरोना संक्रमितलाई क्वारेन्टिनमै छुट्टै राखिएको छ ।

व्यास नगरपालिकाले व्यास-३ स्थित क्रियापुत्री भवनमा बनाएको आइसोलेसन पहिले नै भरिएको छ ।

‘प्रदेश सरकार र संघिय सरकारका प्रतिनिधिबाट कुनै सहयोग पाउन सकेनौ ’ ऋषिङ गाउँपालिकाका अध्यक्ष राजेन्द्र कृष्ण श्रेष्ठले भने, ‘हिजो पुष्टि भएदेखि कोरोना संक्रमित यहीँ क्वारेन्टाइनमा छुट्टै बस्ने व्यवस्था मिलाएका छौं ।’

प्रमुख जिल्ला अधिकारीलाई संक्रमितको व्यवस्थापनका लागि धेरै अनुरोध गर्दा पनि कुनै सहयोग नपाएको अध्यक्ष श्रेष्ठले बताए । उनले भने ‘त्यहि भएर हामिले हाम्रा पालिकाका संक्रमित क्वारेन्टाइन मै राख्न बाध्य भएका छौ ।’ भोलि सम्म हेर्छौ संक्रमितको व्यवस्थापना नभए कडा रुपमा प्रस्तुत हुने अध्यक्ष श्रेष्ठले बताए ।

‘यहाँ अहिले आइसोलेसन बनाएर राख्न सक्ने अवस्था नै छैन ।’ अध्यक्ष श्रेष्ठले भने ‘जतिसक्दो चाडो संक्रमितको व्यवस्थापन गर्नुपर्ने देखिएको छ तर कसैको सहयोग पाएनौ ।’

ऋषिङका संक्रमितहरु शान्ति मावि दुबुङको क्वारेन्टाइनमा १७ जना, भिरकाेट स्वास्थ चाैकीको क्वारेन्टाइनमा ३ जना र अमर मावि कोइदिमको क्वारेन्टाइनमा १ जना रहेको ऋषिङ गाउँपालिका स्वास्थ्य सहसंयोजक लोक बहादुर थापाले बताए ।

‘उहाँहरु सबै भारतबाट आउनु भएको हो ।’ सहसंयोजक थापाले भने ‘आइसोलेसन तयार भइनसकेका कारण हिजो देखि यही क्वारेन्टाइनमै छुट्टाएर राखेका छौ ।’

तनहुँका प्रमुख जिल्ला अधिकारी बद्रिनाथ अधिकारीले जिल्लामा तयार भएका आइसोलेसन भरिएको हुँदा अन्य बाँकी संक्रमितलाई आइसोलेसनमा राख्न नसकिएको बताए । उनले भने ‘संक्रमितलाई स्वास्थ्य चौकीको नजिक राख्ने हो ।’

अब प्रत्येक स्थानिय तहको स्वास्थ्य चौकी वरपर आइसोलेसन बनाइने प्रजिअ अधिकारीले जानकारी दिए । ‘जिल्लाका विभिन्न स्थानमा आइसोलेसन कक्ष विस्तार गर्दै छौ ।’ प्रजिअ अधिकारीले भने ‘एक दुई हप्तामा ठुलो संख्यामा आइसोलेसन वेड तयार हुनेछ ।’

कोरोना भाइरस (कोभिड-१९) संक्रमित संख्या बढ्दै जाँदा तनहुँमा आइसोलेशन कक्ष व्यवस्थापन जटिल बन्दै गएको छ ।

तनहुँमा स्थानिय टोलबासी र केही जनप्रतिनिधिहरुले आइसोलेशन कक्ष तयार गर्ने स्थानका विषयमा विरोध गर्दा स्थानीय तहहरु समस्यामा परेको स्थानिय तहका प्रमुखको गुनासो रहेको छ ।

कोरोना संक्रमितको व्यवस्थापनमा सकस भएको स्वास्थ्य कार्यालय तनहुँँका प्रमुख शंकरबाबु अधिकारीले बताए ।

संक्रमितलाई उपचार गर्न शुक्लागण्डकी नगरपालिकामा २९, व्यास नगरपालिकामा १६ र भानु नगरपालिकामा एक गरी ४६ शय्या क्षमताको आइसोलसन कक्ष निर्माण गरिएको छ।

तनहुँको कुन स्थानीय तहमा कति कोरोना संक्रमित ?

गत जेठ १८ गते तनहुँमा पहिलो संक्रमित भेटिएको थियो । यो अवधिमा जिल्लामा संक्रमितको संख्या ७२ जना पुगेको छ भने ७ जना निको भएर घर फर्किएका छन् ।

हालसम्म जिल्लाको व्यास नगरपालिकामा ८ जना, ऋषिङ गाउँपालिकामा ३२ जना, भानु नगरपालिकामा ४ जना, घिरिङ गाउँपालिकामा २३ जना, शुक्लागण्डकी नगरपालिकामा ५ जनामा संक्रमण पुष्टि भएको छ ।

यो पनि:

तनहुँका १ जनासहित गण्डकी प्रदेशका थप १६ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ५०४ पुग्यो

तनहुँकाे व्यास नगरपालिकाका थप २ जनामा काेराेना पुष्टि, संक्रमितको संख्या ७० पुग्यो

तनहुँकाे व्यास नगरपालिकाका थप २ जनामा काेराेना पुष्टि, संक्रमितको संख्या ७० पुग्यो

आफन्तले लगिदिए क्वारेन्टाइन मै मदिरा: पीसीआर रिपोर्ट नआएको भन्दै भिमादको जनज्योति क्याम्पसमा तोडफोड

तनहुँको घिरिङमा थप १७ जनामा कोरोना संक्रमण पुष्टि, तनहुँमा संक्रमितको संख्या ४३ पुग्यो

तनहुँका १५ जना कोरोना संक्रमितलाई दमौलीको क्रियापुत्री भवनको आइसाेलेसनमा राखियो

तनहुँको व्यास नगरपालिकामा रिपोर्ट नै नआई घर पठाईएका एक सहित ३ जनामा कोरोना संक्रमण पुष्टि

तनहुँका थप १२ जनामा कोरोना संक्रमण पुष्टि, मनाङमा पनि देखियो संक्रमण

तनहुँको शुक्लागण्डकीका २ पुरुषमा कोरोना पुष्टि, तनहुँमा संक्रमितको संख्या ११ पुग्यो

तनहुँका पहिलो कोरोना संक्रमित निको भए, अस्पतालबाट डिस्चार्ज भएर घर फर्किए

तनहुँ घिरिङका कोरोना संक्रमित भारतबाट जेठ १४ र १५ गते आएका थिए, सबैको उपचार जीपीको आइसोलेसनमा

तनहुँ घिरिङका ५ जना पुरुषमा कोरोना पुष्टि, तनहुँमा संक्रमितको संख्या ९ पुग्यो


तनहुँ घिरिङका कोरोना संक्रमित भारतबाट जेठ १६ गते आएका थिए, तनहुँमा संक्रमितको संख्या ४ पुग्यो

तनहुँका एक सहित गण्डकी प्रदेशका थप ३७ जनामा कोरोना, संक्रमितको संख्या १८८ पुग्यो

तनहुँका स्थानीय तहले कोरोना परीक्षणका लागी पीसीआर मेसिन खरीद गर्ने, जीपी कोइरालामा राखिने

तनहुँ ऋषिङका दुबै कोरोना संक्रमित भारतको दिल्लीबाट आएका थिए जेठ ११ गते, जीपीको आइसोलेसनमा लगियो


तनहुँका थप २ जनामा कोरोना संक्रमण पुष्टि, गण्डकी प्रदेशमा संक्रमितको संख्या ५६ पुग्यो

तनहुँको पहिलो कोरोना संक्रमितलाई जी.पी. कोइराला श्वासप्रश्वास उपचार केन्द्रको आइसोलेसनमा राखियो

पहिलो कोरोना संक्रमित १ हप्ताअघि भारतबाट आएका थिए, १० जनाकाे टाेली

तनहुँमा पहिलाे व्यक्तिमा काेराेना पुष्टि, गल्याङमा २ थपिए, गण्डकीमा २४ पुग्याे

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ