स्याङ्जा र नवलपुरमा थपिए २० जना कोरोना संक्रमित, गण्डकी प्रदेशमा ५४० पुग्यो

स्याङ्जा र नवलपुरमा थपिए २० जना कोरोना संक्रमित, गण्डकी प्रदेशमा ५४० पुग्यो

Corona update 2

पोखरा । गण्डकी प्रदेशमा थप नयाँ २० जना कोरोना संक्रमित थपिएका छन ।

सोमबार बिहान थपिएका मध्य १२ जना स्याङ्जाका र ८ जना नवलपुरको रहेका छन ।

स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकाका ८ जना पुरुष र २ जना महिला त्यस्तै कालीगण्डकी गाउँपालिकाका २ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।

त्यस्तै नवलपुरको बौदिकाली गाउँपालिकाका ८ जना पुरुषमा संक्रमण पुष्टि भएको हो ।

योसंगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ५ सय ४० जना पुगेको छ ।

संक्रमितहरु सबै भारतबाट फर्किएर सम्बन्धित जिल्लाको क्वारेन्टाइनमा रहेको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।

उनिहरु सबैलाई सम्बन्धित जिल्लाहरुमा रहेका आईसोलेसन कक्षमा लैजाने तयारी भईरहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ