तनहुँका १२ वर्षीय बालकसहित २ जना कोरोना जितेर घर फर्किए, निको हुनेको संख्या ९ पुग्यो

तनहुँका १२ वर्षीय बालकसहित २ जना कोरोना जितेर घर फर्किए, निको हुनेको संख्या ९ पुग्यो

Corona -ve 8th and 9th

किरण श्रेष्ठ, तनहुँ । तनहुँका १२ वर्षीय बालकसहित २ जना कोरोना संक्रमित कोरोना जितेर घर फर्किएका छन । तनहुँको शुक्लागण्डकी नगरपालिका स्थित जीपी कोइराला राष्ट्रिय स्वासप्रस्वास उपचार केन्द्रको आइसोलेसनमा उपचाररत दुई जना कोरोना संक्रमित आज सोमबार डिस्चार्ज भएका हुन् ।

तनहुँकाे शुक्लागण्डकी नगरपालिकाका २ जना काेराेना जितेर घर फर्किएका हुन् । निको हुनेमा शुक्लागण्डकी-५ का ४६ बर्षिय पुरुष र शुक्लागण्डकी-१० का १२ बर्षिय बालक रहेका छन् ।

उक्त अस्पतालको आइसोलेसनमा बालकका बुबा(३६) समेत बसेका थिए । यद्दपी उनि कोरोना संक्रमित भने होइनन । बालकलाई सजिलो होस् भने कुरुवाका रुपमा आइसोलेसनमा संगै राखिएको र उनको समेत रिपोर्ट नेगेटिभ आएपछि आजै उनलाई पनि डिस्चार्ज गरिएको अस्पतालका निमित्त कार्यकारी निर्देशक डा.राम कुमार श्रेष्ठले बताए ।

गत असार २ गते कोरोना संक्रमण पुष्टि भएपछि उनीहरू जीपी कोइराला राष्ट्रिय स्वासप्रस्वास उपचार केन्द्रको आइसोलेसनमा वार्डमा उपचार गराइरहेका थिए । पछिल्लो पीसीआर परीक्षणको रिपोर्ट नेगेटिभ आएपछि उनीहरूलाई डिस्चार्ज गरी घर पठाइएको अस्पतालका डा. श्रेष्ठले बताए ।

खैरेनीटारस्थित खैरेनी मावीको क्वारेन्टाइनमा रहेका १२ बर्षिय बालक र जनकल्याण मावी बेलचौताराको क्वारेन्टाइनमा रहेका ४६ बर्षका पुरुषलाई असार २ गते संक्रमणको पुष्टी भएको थियो । १२ बर्षिय बालक जेठ १९ गते भारतको राजस्थानबाट र ४६ बर्षिय पुरुष दिल्लीबाट १७ गते यहाँ आईपुगेका थिए ।

पाँच जना संक्रमितमध्ये अब शुक्लागण्डकीका तीन जना उपचाररत छन् । दुई जना जिपीको आईसोलेसनमा र एक जना दमौली अस्पतालको आईसोलेसनमा रहेका छन् ।

‘आइसोलेसनमा बसेपछि गरिएको पीसीआरको रिपोर्ट नेगेटिभ आएपछि मंगलबार घर पठाएका हौँ’ डा. श्रेष्ठले भने ‘आइसोलेसनमा बस्दा उनीहरूका कुनै लक्षण देखिएको थिएन ।’ उनले थपे ‘उनीहरु १ हप्ता मात्रै अस्पताल बसेर कोरोना जितेर आज घर गएका हुन् ।’

‘संक्रमितलाई कुनै लक्षण पनि नदेखिएकाले केही पनि औषधी सेवन गराईएको छैन्’, डा. श्रेष्ठले भने, ‘तातोपानीको भरमै हो उहाँहरुले कोरोना जित्नुभाको ।’

जीपी कोइराला राष्ट्रिय स्वासप्रस्वास उपचार केन्द्रको आइसोलेसन वार्डबाट आज मंगलबार २ जना डिस्चार्ज भएपछि अब २७ जना संक्रमित उपचाररत रहेका छन् । आज बेलुका नै ऋषिङका ३ जना संक्रमितलाई आइसोलेसनमा ल्याउने तयारी भएको डा. श्रेष्ठले जानकारी दिए ।

यसअगाडी जिल्लाका सात जना संक्रमित निको भएर घर फर्किसकेका छन् । घिरिङ गाउँपालिका चार जना र ऋषिङ गाउँपालिका तीन जनाले कोरोनालाई जितेर घर फर्किएका हुन् । ऋषिङका दुई जना असार १ गते र ऋषिङका एक जनासहित घिरिङका चार जना असार ६ गते डिस्चार्ज भएका हुन् ।

जिल्लामा संक्रमितलाई उपचार गर्न शुक्लागण्डकी नगरपालिकाको जीपी कोइराला राष्ट्रिय स्वासप्रस्वास उपचार केन्द्रको आइसोलेसन ३०, व्यास नगरपालिकामा १६ र बन्दिपुर गाउँपालिकामा ८ गरी ५४ शय्या क्षमताको आइसोलसन कक्ष निर्माण गरिएको छ ।

तनहुँको कुन स्थानीय तहमा कति कोरोना संक्रमित ?

गत जेठ १८ गते तनहुँमा पहिलो संक्रमित भेटिएको थियो । यो अवधिमा जिल्लामा संक्रमितको संख्या ९० जना पुगेको छ भने ९ जना निको भएर घर फर्किएका छन् ।

हालसम्म जिल्लाको व्यास नगरपालिकामा ८ जना, ऋषिङ गाउँपालिकामा ३२ जना, भानु नगरपालिकामा ४ जना, घिरिङ गाउँपालिकामा २४ जना, शुक्लागण्डकी नगरपालिकामा ५ जना, बन्दिपुर गाउँपालिकामा ११, आबुखैरेनी गाउँपालिकामा ३, भिमाद नगरपालिकामा ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

तनहुँमा आइसोलेसन कक्ष व्यवस्थापन जटिल बन्दै

कोरोना भाइरस (कोभिड-१९) संक्रमित संख्या बढ्दै जाँदा तनहुँमा आइसोलेसन कक्ष व्यवस्थापन जटिल बन्दै गएको छ ।

तनहुँमा स्थानिय टोलबासी र केही जनप्रतिनिधिहरुले आइसोलेशन कक्ष तयार गर्ने स्थानका विषयमा विरोध गर्दा स्थानीय तहहरु समस्यामा परेको स्थानिय तहका प्रमुखको गुनासो रहेको छ ।

कोरोना संक्रमितको व्यवस्थापनमा सकस भएको स्वास्थ्य कार्यालय तनहुँँका प्रमुख शंकरबाबु अधिकारीले बताए ।

आइसोलेसन कक्ष तयार नहुँदा शनिबार बिहान तनहुँको ऋषिङ गाउँपालिकाका २१ कोरोना संक्रमितलाई शनिबार देखि क्वारेन्टाइनमा राखिएको छ ।

ऋषिङ गाउँपालिकाका २१ जना कोरोना संक्रमितलाई क्वारेन्टिनमै छुट्टै राखिएको बताएको छ । आइसोलेसन खालि नभएपछि संक्रमितलाई क्वारेन्टिनमै छुट्टै राखेको गाउँपालिकाले जनाएको छ ।

तनहुँका प्रमुख जिल्ला अधिकारी बद्रिनाथ अधिकारीले जिल्लामा तयार भएका आइसोलेसन भरिएको हुँदा अन्य बाँकी संक्रमितलाई आइसोलेसनमा राख्न नसकिएको बताए ।

अब प्रत्येक स्थानिय तहको स्वास्थ्य चौकी वरपर आइसोलेसन बनाइने प्रजिअ अधिकारीले जानकारी दिए । ‘जिल्लाका विभिन्न स्थानमा आइसोलेसन कक्ष विस्तार गर्दै छौ ।’ प्रजिअ अधिकारीले भने ‘एक दुई हप्तामा ठुलो संख्यामा आइसोलेसन वेड तयार हुनेछ ।’

यो पनि:

तनहुँको बन्दिपुरमा प्रहरी र स्वास्थ्यकर्मीसहित ११ जनामा कोरोना पुष्टि, बन्दिपुर गाउँपालिका पुर्ण बन्द गर्ने निर्णय

तनहुँका थप १८ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ९० पुग्यो

आइसोलेसन तयार नहुँदा तनहुँ ऋषिङका २१ जना कोरोना संक्रमित ‘क्वारेन्टाइन’ मै

तनहुँका १ जनासहित गण्डकी प्रदेशका थप १६ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ५०४ पुग्यो

तनहुँकाे व्यास नगरपालिकाका थप २ जनामा काेराेना पुष्टि, संक्रमितको संख्या ७० पुग्यो

तनहुँकाे व्यास नगरपालिकाका थप २ जनामा काेराेना पुष्टि, संक्रमितको संख्या ७० पुग्यो

आफन्तले लगिदिए क्वारेन्टाइन मै मदिरा: पीसीआर रिपोर्ट नआएको भन्दै भिमादको जनज्योति क्याम्पसमा तोडफोड

तनहुँको घिरिङमा थप १७ जनामा कोरोना संक्रमण पुष्टि, तनहुँमा संक्रमितको संख्या ४३ पुग्यो

तनहुँका १५ जना कोरोना संक्रमितलाई दमौलीको क्रियापुत्री भवनको आइसाेलेसनमा राखियो

तनहुँको व्यास नगरपालिकामा रिपोर्ट नै नआई घर पठाईएका एक सहित ३ जनामा कोरोना संक्रमण पुष्टि

तनहुँका थप १२ जनामा कोरोना संक्रमण पुष्टि, मनाङमा पनि देखियो संक्रमण

तनहुँको शुक्लागण्डकीका २ पुरुषमा कोरोना पुष्टि, तनहुँमा संक्रमितको संख्या ११ पुग्यो

तनहुँका पहिलो कोरोना संक्रमित निको भए, अस्पतालबाट डिस्चार्ज भएर घर फर्किए

तनहुँ घिरिङका कोरोना संक्रमित भारतबाट जेठ १४ र १५ गते आएका थिए, सबैको उपचार जीपीको आइसोलेसनमा

तनहुँ घिरिङका ५ जना पुरुषमा कोरोना पुष्टि, तनहुँमा संक्रमितको संख्या ९ पुग्यो


तनहुँ घिरिङका कोरोना संक्रमित भारतबाट जेठ १६ गते आएका थिए, तनहुँमा संक्रमितको संख्या ४ पुग्यो

तनहुँका एक सहित गण्डकी प्रदेशका थप ३७ जनामा कोरोना, संक्रमितको संख्या १८८ पुग्यो

तनहुँका स्थानीय तहले कोरोना परीक्षणका लागी पीसीआर मेसिन खरीद गर्ने, जीपी कोइरालामा राखिने

तनहुँ ऋषिङका दुबै कोरोना संक्रमित भारतको दिल्लीबाट आएका थिए जेठ ११ गते, जीपीको आइसोलेसनमा लगियो


तनहुँका थप २ जनामा कोरोना संक्रमण पुष्टि, गण्डकी प्रदेशमा संक्रमितको संख्या ५६ पुग्यो

तनहुँको पहिलो कोरोना संक्रमितलाई जी.पी. कोइराला श्वासप्रश्वास उपचार केन्द्रको आइसोलेसनमा राखियो

पहिलो कोरोना संक्रमित १ हप्ताअघि भारतबाट आएका थिए, १० जनाकाे टाेली

तनहुँमा पहिलाे व्यक्तिमा काेराेना पुष्टि, गल्याङमा २ थपिए, गण्डकीमा २४ पुग्याे

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ


This will close in 2 seconds