तनहुँ । तनहुँको व्यास नगरपालिकाले आगामी आर्थिक वर्षका लागि १ अर्ब ५२ करोड ९७ लाख ५१ हजार रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेको छ ।
नगरपालिकाको ३३औं नगरसभा मार्फत नगरपालिकाका उपमेयर मिरा जोशीले आर्थिक वर्ष २०७७/०७८ का लागि अनुमानित बजेट पेस गरेकी हुन् ।
नगरपालिकाले पेस गरेको बजेट मध्ये आन्तरिक स्रोतबाट १६ करोड, संघ सरकारको सशर्त अनुदानबाट ५२ करोड ७७ लाख, राजस्व बाडफाडबाट ५ करोड, प्रदेश सरकारको विशेष अनुदानबाट १ करोड, संचित कोष अल्याबाट २० करोड ५६ लाख ६४ हजार रुपैयाँबाट व्यहोरिने उल्लेख छ ।

नगरपालिकाले गतवर्ष पूरा हुन नसकेका अधुरा योजनाहरु र निरन्तर क्रमा गत योजनाहरुमा २० करोड ८० लाख ८७ हजार विनियोजन गरेको छ ।
नगर र वडास्तरीय सडक आयोजनाका लागि १७ करोड ४३ लाख २५ हजार विनियोजन गरेको छ । जसमा मुख्य गरी खड्ककाली मार्ग लगाएत अन्य मार्गलाई विभिन्न अनुदानका कार्यक्रम समावेश रहेका छ्न ।
नगरपालिकाले कृषि सिंचाई तर्फ ५ करोड ५७ लाख विनियोजन गरि विभिन्न गरिएको छ ।
शिक्षा, युवा तथा खेलकुद तर्फ ४४ करोड ८३ विभिन्न कार्यक्रमहरुमा विनियोजन गरेको छ ।
सभामा उपमेयरले पेश गरेको नीति तथा कार्यक्रममा चालू आर्थिक वर्षको अहिलेसम्मको अवधिमा चालुतर्फ ७२ करोड ४३ लाख ९ हजार २ सय ३५ रुपैयाँ र पुँजीगत तर्फ २५ करोड २३ लाख ८३ हजार ९ सय ९७ गरी कुल ९७ करोड ६६ लाख ९३ हजार २ सय ३२ खर्च भएको उल्लेख छ ।
सम्बन्धित खबर
अकबरे खुर्सानीमार्फत बाँझो जमिनलाई आम्दानीसँग जोड्दै भीरकोट
रास्वपा गण्डकीको सभापतिमा त्रिपाठी निर्वाचित
सडकबाट ट्रिपर खस्दा एक जनाको मृत्यु, चालक फरार
श्याम स्मृति फुटबल प्रतियोगिता २६ वर्षपछि पुनः सञ्चालनमा
सरकारी विज्ञापन नीतिविरुद्ध स्याङ्जाका पत्रकारको दबाब, प्रधानमन्त्रीलाई हस्ताक्षरसहित मागपत्र
पूर्वविद्यार्थीको पहलमा भीरकोटका दुई विद्यालयमा कम्प्युटर सहयोग
यो पनि पढौँ
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
सचिवको एसएमएसमाथि प्रधानमन्त्री पदमा रहेकाबाट गरिएको ‘मजाक’लाई मन्त्री, सांसदको साथ