पोखराका ४ जनासहित गण्डकी प्रदेशका थप १३ जनामा कोरोना पुष्टि, गण्डकीमा ७४२ पुगे संक्रमित

पोखराका ४ जनासहित गण्डकी प्रदेशका थप १३ जनामा कोरोना पुष्टि, गण्डकीमा ७४२ पुगे संक्रमित

Corona

पोखरा । पोखरा महानगरपालिकामा ४ जनासहित गण्डकी प्रदेशका ३ जिल्लामा कोरोना भाइरसका थप १३ जना नयाँ संक्रमित थपिएका छ्न ।

कास्कीको पोखरा महानगरपालिकाका ४, गोरखाका २ र स्याङ्जाका ७ नयाँ संक्रमित थपिएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।

बुधबार साँझ थपिएका संक्रमितमध्ये पोखरा महानगरपालिकाका २०, २३, ३० र ३६ वर्षका ४ पुरूष, गोरखाका १५ र ७७ वर्षका २ पुरुष र स्याङजाको गल्याङका २१, २४,२४, २८, २९, ३१ वर्षका ६ जना पुरुष तथा ४२ वर्षीया एक महिला रहेका छन् ।

योसँगै गण्डकी प्रदेशमा संक्रमितको संख्या ७ सय ४२ पुगेको छ ।

आज बिहान पोखरा महानगरका १ पुरुष तथा २ महिला र मादी गाउँपालिकाका १, १ पुरुष तथा महिलासहित गण्डकी प्रदेशका ८ जिल्लाका ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ