म्याग्दीको ६ जनासहित गण्डकी प्रदेशमा ११ कोरोना संक्रमित थपिए, संक्रमितको संख्या ७५३

म्याग्दीको ६ जनासहित गण्डकी प्रदेशमा ११ कोरोना संक्रमित थपिए, संक्रमितको संख्या ७५३

Corona Update1

पोखरा । म्याग्दी ६ जनासहित गण्डकी प्रदेशमा ११ कोरोना संक्रमित थपिएको छ ।

११ जना नयाँ कोरोना संक्रमित थपिएको बिहीबार बिहान स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।

योसँगै प्रदेशमा कोरोना संक्रमितको संख्या ७ सय ५३ पुगेको छ ।

४ जिल्लामा ११ नयाँ संक्रमित थपिएका हुन् ।

जसमध्ये म्याग्दीमा ६, स्याङ्जामा १, बागलुङमा २ र नवलपुरमा थप २ जनामा कोरोना पुष्टि भएको हो ।

नवलपुरका संक्रमितलाई आइसोलेसनमा राखिसकिएको र अन्य जिल्लाका व्यक्तिहरुलाई सम्बन्धित जिल्लाहरुमा रहेका आइसोलेसन कक्षमा लैजाने तयारी भइरहेको निर्देशनालयले जनाएको छ ।

संक्रमितमध्ये म्याग्दीको मंगला गाउँपालिकाका ४ पुरुष, बेनी नगरपालिकाका १ पुरुष र १ महिलामा कोरोना देखिएकको छ ।

यसैगरी, स्याङ्जाको कालीगण्डकी गाउँपालिकाका १ पुरुषमा कोरोना पुष्टि भएको छ ।

त्यस्तै बागलुङको गलकोट नगरपालिकाका २ पुरुष र नवलपुरको मध्यविन्दु नगरपालिकाका १ पुरुषमा बिहीबार बिहान कोरोना पुष्टि भएको हो ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 2 seconds