गण्डकी प्रदेशका थप १४ जनामा कोरोना पुष्टि, संक्रमितको कुल संख्या ७ सय ६७ पुग्यो

गण्डकी प्रदेशका थप १४ जनामा कोरोना पुष्टि, संक्रमितको कुल संख्या ७ सय ६७ पुग्यो

Corona update 1

पोखरा । गण्डकी प्रदेशमा कोरोना भाइरसका १४ नयाँ संक्रमित संक्रमित थपिएका छन् । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा गरिएको परीक्षणमा तनहुँ र नवलपरमा गरि १४ नयाँ संक्रमित थपिएका हुन् ।

स्वास्थ्य निर्देशनालयले दिएको जानकारी अनुसार तनहुँको म्याग्दे गाउँपालिकाका ७ जना पुरुष र २ जना महिला, नवलपुरको विनय त्रिवेणीमा ४ जना पुरुष र १ जना महिलामा कोरोना पुष्टि भएको हो ।

निर्देशनालयका निर्देशक डा विनोद विन्दु शर्माले संक्रमित १४ जनालाई आइसोलेसनमा लैजाने तयारी भई रहेको जानकारी दिए ।

योसँगै गण्डकीमा संक्रमितको संख्या ७ सय ६७ पुगेको छ । कोरोनाबाट गण्डकीमा मृत्यु हुनेको संख्या २ रहेको छ । संक्रमितमध्ये ९१ जना निको भएर घर फर्किसकेका छन् ।

बिहीबार बिहान गण्डकी प्रदेशमा ११ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । स्याङ्जाका एक जना, बागलुङका २ जना, म्याग्दीका ६ जना, नवलपरासी पूर्वका २ जनामा कोरोना संक्रमण भएको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ