पोखरा । नेपाली विद्यार्थी संघ कास्कीद्वारा कोरोना प्रकोपका कारण बन्द रहेका शैक्षिक संस्था सुचारू नभएसम्म अवधिको कुनै पनि प्रकारको शुल्क नतिर्न अभिभावकहरूलाई आग्रह गरेको छ ।
त्यस्तै कुनै पनि बहानामा कुनै पनि शैक्षिक संस्थालाई शुल्क नउठाउन अनुरोध सहित प्याब्सन र एनप्याब्सन कास्कीलाई नेबि संघले ज्ञापन पत्र बुझाएको छ ।
उक्त विज्ञप्तिमा निजी विद्यालय सञ्चालकहरूलाई लकडाउनको अवधिमा कुनै शुल्क नलिन र लिएको शुल्क तत्काल फिर्ता गर्न चेतावनी दिएका छन ।
नेपाल विद्यार्थी संघ कास्कीका निवर्तमान सचिव संघर्ष कोइराला, नेवि संघ कास्कीका सागर रानाभाट, निरोज लामिछाने, टेनिस श्रेष्ठ, राजिब भन्डारी, राजन भन्डारी लगाएतले प्याब्सन र एनप्याब्सनका अध्यक्षलाई ज्ञापन पत्र बुझाएका थिए ।
शिक्षा मन्त्रालयले २०७७ वैशाख २२ गते अर्को निर्णय नभएसम्म कुनै पनि विद्यालयले कुनै पनि तह वा कक्षामा नयाँ भर्ना नगर्नु, नगराउनु र भर्नाका नाममा वा अनलाइन पठनपाठका नाममा कुनै शुल्क लिने वा बैङ्क खातामा रकम जम्मा गर्न लगाउने कार्य नगर्नु भनेर प्रष्ट निर्देशन दिएको छ ।
मन्त्रालयको निर्देशन प्याब्सन र नेशनल प्याब्सनले यसरी खुला अपिल जारी गरेर अभिभावकलाई शुल्क बुझाउन भन्दापनि सरकारले कुनै ठोस कदम चाल्न नसके नेवि संघ कास्कीका निवर्तमान सचिव संघर्ष कोइरालाले आरोप लगाए । साथै उनले भने ‘आज नेपाली विद्यार्थीहरू अचम्भित भएको बताएका छन ।’
विद्याथीका अभिभावकहरूसँग शैक्षिक संस्था बन्द रहेको अवधिको शुल्क असुल्ने कुरा नेवि संघलाई कुनै हालतमा मान्य नहुने कुरा प्रष्ट पार्दै कुनै पनि बहानामा शुल्क उठाउन खोजेमा चरणबद्द आन्दोलनमा जाने चेतावनी समेत दिएका छन ।
सम्बन्धित खबर
अपिहिमाल र अर्जुनचौपारीबीच विकास साझेदारी : पाँच वर्षीय भगिनी सम्बन्ध सम्झौता
एन प्याब्सनको बृहत् बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद, १५ सय विद्यार्थी प्रतिस्पर्धा गर्दै
‘प्रथम वालिङ सडक खाना महोत्सव’ भोलि एक दिन थपिने
बिरुवा राष्ट्रपति रनिङ शिल्डको उपाधि भुरुङचौकी माविलाई
फेदीखोलामा नदीजन्य पदार्थ उत्खनन र ओसारपसार गर्ने दुई ट्याक्टर नियन्त्रण
सडक खाना महोत्सवका अवसरमा वालिङमा सार्वजनिक बिदा
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’