पोखरा । नेपाली विद्यार्थी संघ कास्कीद्वारा कोरोना प्रकोपका कारण बन्द रहेका शैक्षिक संस्था सुचारू नभएसम्म अवधिको कुनै पनि प्रकारको शुल्क नतिर्न अभिभावकहरूलाई आग्रह गरेको छ ।
त्यस्तै कुनै पनि बहानामा कुनै पनि शैक्षिक संस्थालाई शुल्क नउठाउन अनुरोध सहित प्याब्सन र एनप्याब्सन कास्कीलाई नेबि संघले ज्ञापन पत्र बुझाएको छ ।
उक्त विज्ञप्तिमा निजी विद्यालय सञ्चालकहरूलाई लकडाउनको अवधिमा कुनै शुल्क नलिन र लिएको शुल्क तत्काल फिर्ता गर्न चेतावनी दिएका छन ।
नेपाल विद्यार्थी संघ कास्कीका निवर्तमान सचिव संघर्ष कोइराला, नेवि संघ कास्कीका सागर रानाभाट, निरोज लामिछाने, टेनिस श्रेष्ठ, राजिब भन्डारी, राजन भन्डारी लगाएतले प्याब्सन र एनप्याब्सनका अध्यक्षलाई ज्ञापन पत्र बुझाएका थिए ।
शिक्षा मन्त्रालयले २०७७ वैशाख २२ गते अर्को निर्णय नभएसम्म कुनै पनि विद्यालयले कुनै पनि तह वा कक्षामा नयाँ भर्ना नगर्नु, नगराउनु र भर्नाका नाममा वा अनलाइन पठनपाठका नाममा कुनै शुल्क लिने वा बैङ्क खातामा रकम जम्मा गर्न लगाउने कार्य नगर्नु भनेर प्रष्ट निर्देशन दिएको छ ।
मन्त्रालयको निर्देशन प्याब्सन र नेशनल प्याब्सनले यसरी खुला अपिल जारी गरेर अभिभावकलाई शुल्क बुझाउन भन्दापनि सरकारले कुनै ठोस कदम चाल्न नसके नेवि संघ कास्कीका निवर्तमान सचिव संघर्ष कोइरालाले आरोप लगाए । साथै उनले भने ‘आज नेपाली विद्यार्थीहरू अचम्भित भएको बताएका छन ।’
विद्याथीका अभिभावकहरूसँग शैक्षिक संस्था बन्द रहेको अवधिको शुल्क असुल्ने कुरा नेवि संघलाई कुनै हालतमा मान्य नहुने कुरा प्रष्ट पार्दै कुनै पनि बहानामा शुल्क उठाउन खोजेमा चरणबद्द आन्दोलनमा जाने चेतावनी समेत दिएका छन ।
सम्बन्धित खबर
सडकबाट ट्रिपर खस्दा एक जनाको मृत्यु, चालक फरार
श्याम स्मृति फुटबल प्रतियोगिता २६ वर्षपछि पुनः सञ्चालनमा
सरकारी विज्ञापन नीतिविरुद्ध स्याङ्जाका पत्रकारको दबाब, प्रधानमन्त्रीलाई हस्ताक्षरसहित मागपत्र
पूर्वविद्यार्थीको पहलमा भीरकोटका दुई विद्यालयमा कम्प्युटर सहयोग
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
नेपाल पत्रकार महासंघ स्याङ्जाद्वारा तीन पूर्व अध्यक्षलाई सम्मान
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु