तनहुँ । तनहुँको आबुखैरेनी गाउँपालिकामा पीसीआर विधिबाट कोरोना परीक्षणको लागी बिहिबार ९५ जनाको थ्रोट स्वाब संकलन गरिएको छ ।
सोमबार पहिलो पटक गाउँपालिकाका ३ जना व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको थियो । सुरक्षाकर्मीमा नै कोरोना देखिएपछि गाउँपालिकाले स्वाब संकलनको दायरा बढाएको हो ।
कोरोना पुष्टि भएका ३ जना संक्रमित पुरुष मध्ये २ जना भारतबाट आएर रामशाह माध्यमिक विद्यालयकाे क्वारेन्टाइनमा बसेका र १ जना सुरक्षाकर्मी रहेको आँबुखैरेनी गाउँपालिका स्वस्थ्य शाखाका प्रमुख अगमराज उपाध्यायले जानकारी दिए ।
तनहुँको आँबुखैरेनीमा सोमबार देखा परेका ३ जना कोरोना संक्रमितलाई जिपी कोईराला राष्ट्रिय स्वास प्रश्वास उपचार केन्द्र आइसोलेसनमा राखिएको छ ।
कोरोना संक्रमितको सम्पर्कमा रहेकाहरुको पनि परीक्षणका लागि स्वाब संकलन गरिएको गाउँपालिकाले जनाएको छ ।
बिहिवार स्वाब संकलन गरिएकामा क्वारेन्टाइनमा रहेका १० जना, होम क्वारेन्टाइनमा रहेका २ जना, कर्मचारी ६, जनप्रतिनिधि ५, स्वास्थ्यकर्मी १०, सशस्त्र प्रहरी ८, नेपाली सेना ४, सुरक्षाकर्मी र संगै रहेका परिवार ५० जना गरि ९५ जना रहेको गाउँपालिका स्वास्थ शाखा प्रमुख अगमराज उपाध्यायले जानकारी दिए।
यस्तै संकलन गरिएको स्वाव नमुना परिक्षणका लागि प्रदेश जनस्वास्थ्य प्रयोगशाला पोखरा पठाइएको उनले जानकारी दिए । स्वाबको नमुना रामशाह मावि आबुखैरेनी र मित्रता मावि सत्रसयमा संकलन गरिएको थियो ।
यो पनि:
सम्बन्धित खबर
सडकको नालीमा बेवारिसे भरुवा बन्दुक फेला
दोहोरो नागरिकता प्रकरणमा पक्राउ परेका दिदी–भाइ धरौटीमा रिहा
स्याङ्जाका ९७ वडामध्ये ९६ मा कांग्रेस नेतृत्व निर्विरोध
विदेशसम्म पुग्न थाले चापाकोटका काठे ठेकी
स्याङ्जाका ८३ वडामा कांग्रेसको वडा अधिवेशन सम्पन्न, १४ वडामा आज
अर्जुनचौपारी स्वास्थ्य चौकी लगातार दोस्रोपटक जिल्लामै उत्कृष्ट
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने
अमेरिका जान लागेका प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन