लमजुङका ६ जनासहित गण्डकी प्रदेशका थप १४ जनामा कोरोना पुष्टि, कुल संक्रमित ८०६ पुग्यो

लमजुङका ६ जनासहित गण्डकी प्रदेशका थप १४ जनामा कोरोना पुष्टि, कुल संक्रमित ८०६ पुग्यो

Corona update 1

पोखरा । गण्डकी प्रदेशका थप १४ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । प्रदेशका कास्की, पर्वत, गोरखा र लमजुङका १४ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।

शुक्रबार बेलुका कास्कीको मादी गाउँपालिकाका २३ बर्षीय पुरुष, पर्वतका २३ र ७० बर्षीय २ पुरुष, गोरखाका २० देखि २६ बर्ष उमेर समुहका ५ पुरुष र लमजुङका २९ देखि ५९ वर्ष उमेर समुहका ६ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।

यससँगै प्रदेशमा संक्रमितको संख्या ८ सय ६ पुगेको निर्देशनालयले जनाएको छ ।

निर्देशनालयका अनुसार हाल क्वारेन्टिनमा रहेका उनीहरुलाई सम्बधित जिल्लाको आइसोलेसनमा ल्याउने तयारी भएको छ । गण्डकी प्रदेशमा हालसम्म कोरोनाबाट २ जनाले ज्यान गुमाएका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ