स्याङ्जाका २२ जनासहित गण्डकी प्रदेशमा थपिए ३२ कोरोना संक्रमित: एक वर्षीय शिशुमा पनि कोरोना पुष्टि

स्याङ्जाका २२ जनासहित गण्डकी प्रदेशमा थपिए ३२ कोरोना संक्रमित: एक वर्षीय शिशुमा पनि कोरोना पुष्टि

Corona update 4

पोखरा । गण्डकी प्रदेशमा थप ३२ जना कोरोना संक्रमित थपिएका छन् । प्रदेश क्षयरोग केन्द्र, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा गण्डकीका ३ जिल्लामा कोरोना पुष्टि भएको हो ।

शनिबार कोरोना पुष्टि हुनेमा स्याङ्जाका मात्रै २२ जना जना छन् । स्याङ्जा अर्जुनचौपारी गाउँपालिकाका १२ महिने शिशुसहित ४१ वर्ष उमेर समूहका १३ जना पुरुष छन् ।

सोही गाउँपालिकाकाकै १० देखि २९ वर्ष उमेर समूहका ६ जना महिलामा पनि कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।

स्याङ्जाकै विरुवा गाउँपालिका, पुतलीबजार नगरपालिका र वालिङ नगरपालिकाका १÷१ जना पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको निर्देशनालय निर्देशक डा. विनोद विन्दु शर्माले जानकारी दिए ।

त्यस्तै, बागलुङमा पनि थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि हुनेमा काठेखोला गाउँपालिकाका २० देखि ५० वर्ष उमेर समूहका ७ जना पुरुष छन् ।

बागलुङकै ढोरपाटन नगरपालिकाका २५ वर्षीय एक पुरुषमा पनि कोरोना भाइरस संक्रमण देखिएको छ ।

त्यस्तै, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणबाट नवलपुरमा २ जनामा कोरोना संक्रमित फेला परेका छन् । संक्रमण पुष्टि हुनेमा हुप्सेकोट गाउँपालिकाका २६ र ४० वर्षका २ जना पुरुष छन् ।

आज पुष्टि भएका संक्रमितलाई आइसोलेसनमा लैजाने तयारी भईरहेको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।

स्याङजा वालिङ र बर्दघाटका संक्रमित यसअघि नै संक्रमण पुष्टि भएको तर अद्यावधिक नभएको स्वास्थ्य निर्देशनालयले जनाएको छ । २ ठाउँका संक्रमित पहिले नै आइसोलेसनमा भर्ना भएर उपचार गराइरहेका छ्न ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ