कर्मचारी, संचालक र शेयर सदस्यको सरल नमुनाले गर्यो कोरोना बीमा

कर्मचारी, संचालक र शेयर सदस्यको सरल नमुनाले गर्यो कोरोना बीमा

Saral Namuna Pic

पोखरा । पोखराको सरल नमुना बचत तथा ऋण सहकारी सस्थाले आफ्ना संचालक, कर्मचारी तथा शेयर सदस्यहरुको कोरोना बीमा गरेको छ ।

पोखराको चिप्लेढुंगामा प्रधान कार्यालय रहेको सहकारीले आफ्ना ३ सय ९० शेयर सदस्यको पनि बिमा गरेको हो ।

विश्वभर महामारीको रुप फैलिरहेको कोरोनाको प्रभाव नेपालमा पनि देखिएपछि बीमा समितिले कोरोना बीमा प्रचलनमा ल्याएको थियो ।

संस्था ५० हजार बराबरको आफ्ना ३९० शेयर सदस्यको र आफ्ना १५ जना कर्मचारीहरुको १ लाख बराबरको कोरोना बीमा सिद्वार्थ इन्स्योरेन्स लि.को पोखरा शाखा कार्यालय मार्फत गरेको सस्थाका प्रबन्धक हरि प्रसाद पन्थीले जानकारी दिए ।

सस्थाले चिप्लेढुंगा स्थित मुख्य कार्यालय र पोखरा २७ तालचोक स्थित सेवा केन्द्रबाट आफ्ना सेयर सदस्य र ग्राहाकहरुलाई सेवा प्रदान गर्दै आईरहेको छ । स्मरण रहोस बीमा गरेको १५ दिन पश्चात पीसीआर पोजेटिभ आएमा बीमा दाबी पाउन सकिन्छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ