तनहुँमा रोपाइँको रमाइलो (फोटो/भिडियो सहित)

तनहुँमा रोपाइँको रमाइलो (फोटो/भिडियो सहित)

ropai bandipur2

तनहुँ । आज असार १५ । सरकारले धान दिवसको रुपमा मनाउने गरेको छ । वर्षायाममा रोपाइँको समयमा पर्ने भएकाले किसानहरुले पनि यो दिनलाई खुशियालीपूर्वक मनाउँछन् ।

घरमा दही, च्युरा र केरा खाने प्रचलन छ । यो वर्ष पर्याप्त वर्षा भएकाले आजको दिन धेरै किसान खेतमा थिए ।

खेतमा रोपाइँ गर्ने, हिलो खेल्ने र खुशियाली साटासाट गर्ने प्रचलन पनि रहेको छ । यस वर्ष समयमै पर्याप्त वर्षा भएका कारण किसानलाई धान रोप्न सजिलो भएको छ ।

https://youtu.be/_rh4VXgskWU

धान रोपाइँका बेला हिलोमा काम गर्ने र त्यही हिलो एक अर्कालाई छ्यापेर खुशियाली साटासाट गर्ने गरिन्छ । तर यस वर्ष कोरोना महामारीले रोपाइँहरुमा पनि प्रभाव पारेको छ ।

खेतमा हिलो खेलेर रमाइलो गर्ने युवायुवती यस वर्ष घटेका छन् । तर किसानले खेत रोप्नै पर्नेछ । तनहुँको घाँसीकुवा, बन्दिपुर लगाएतका स्थानमा आज असार १५ को अवसरमा देखिएको दृश्यहरु ।

हेर्नुहोस् तनहुँका विभिन्न स्थानमा खिचिएको रोपाइँको तस्वीरहरु :

तस्वीर सौजन्य : सुमन श्रेष्ठ, कर्ण बहादुर गुरुङ

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ