तनहुँ बन्दिपुरको ४ जना स्वास्थ्यकर्मीसहित थप १० जनामा कोरोना पुष्टि, तनहुँमा संक्रमितको संख्या ११९ पुग्यो

तनहुँ बन्दिपुरको ४ जना स्वास्थ्यकर्मीसहित थप १० जनामा कोरोना पुष्टि, तनहुँमा संक्रमितको संख्या ११९ पुग्यो

Bandipur-Rural-Municipality
किरण श्रेष्ठ, तनहुँ । तनहुँमा सोमबार थप १० जना कोरोना संक्रमित थपिएका छन् । तनहुँको बन्दिपुर गाउँपालिकाका ९ जना र १ जना घिरिङ गाउँपालिकाका गरि सोमबार तनहुँमा १० जना कोरोना संक्रमित थपिएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।
आज(सोमबार) बन्दिपुर गाउँपालिकामा थपिएका ९ जना मध्ये जना ४ जना अस्पतालका स्वास्थ्यकर्मी/कर्मचारी र ५ जना भने भारतबाट फर्किएर क्वारेन्टाइनमा बसेका व्यक्ति भएको बन्दिपुर गाउँपालिकाका अध्यक्ष पुर्णसिं थापाले जानकारी दिए ।
बन्दिपुरमा थपिएका मध्य वर्ष २३, २६ ३६, ३६ र १९ वर्षका ५ जना महिला छन् भने वर्ष ३१,४४,४० र ४८ का ४ जना पुरुष रहेका छ्न । त्यस्तै घिरिङ गाउँपालिकाकी ३० वर्षिया १ जना महिलामा कोरोना पुष्टि भएको हो ।
आज १० जना कोरोना संक्रमित थपिए सँगै तनहुँमा कोरोना संक्रमितको संख्या १ सय १९ जना पुगेको छ ।
आइतबार मात्रै लमजुङको बेशीसहर ठेगाना भई तनहुँको आबुँखैरेनीमा कार्यरत
३८ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको थियो । 
बन्दिपुरका ५ जना र घिरिङका १ जना कोरोना संक्रमित भारतबाट आएका हुन् । बन्दिपुरका अन्य ४ जना भने अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी/कर्मचारी हुन् ।
गत असार ८ गते बन्दिपुर गाउँपालिकाका १० जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । भोलिपल्टै असार ९ गतेदेखि बन्दिपुर गाउँपालिकाले  असार १६ गतेसम्म गाउँपालिका सिल गरेको थियो । उक्त एक हप्ते सिल कोरोना संक्रमण बढेसंगै बन्दिपुर गाउँपालिकाले असार २२ गते सम्म लब्याएको छ ।
असार ८ गते गाउँपालिकामा कोरोना संक्रमित भेटिएपछि थप कन्ट्रयाक्ट ट्रेसिङ गरि  गत असार १० गते बन्दिपुर गाउँपालिकाका अध्यक्षसहित १०१ जनाको थ्रोट स्वाब संकलन गरि पोखरा पठाइएको थियो ।
जसमध्ये ९ जनामा आज कोरोना संक्रमण पुष्टि भएको छ । अन्यको भने रिपोर्ट नेगेटिभ आएको बन्दिपुर गाउँपालिकाका अध्यक्ष पुर्णसिं थापाले बताए । अत्यावश्यक काम बाहेक बाहिर नहिड्न गाउँपालिकाले अनुरोध समेत गरेको छ ।
तनहुँको कुन स्थानीय तहमा कति कोरोना संक्रमित ?
गत जेठ १८ गते तनहुँमा पहिलो संक्रमित भेटिएको थियो । यो अवधिमा जिल्लामा संक्रमितको संख्या १ सय १९ जना पुगेको छ भने १६ जना निको भएर घर फर्किएका छन् ।
हालसम्म जिल्लाको व्यास नगरपालिकामा ११ जना, ऋषिङ गाउँपालिकामा ३२ जना, भानु नगरपालिकामा ७ जना, घिरिङ गाउँपालिकामा २६ जना, शुक्लागण्डकी नगरपालिकामा ७ जना, बन्दिपुर गाउँपालिकामा १९ जना, आबुखैरेनी गाउँपालिकामा ४ जना (लमजुङको बेशीसहर ठेगाना भई तनहुँको आबुँखैरेनीमा कार्यरत ३८ वर्षीय पुरुष), भिमाद नगरपालिकामा ३ जना, देवघाट गाउँपालिकामा १ जना र म्याग्दे गाउँपालिका ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यो पनि:

तनहुँका एक वर्षीय बालकसहित ६ जनाले जिते कोरोना, निको भएर घर फर्किनेको संख्या तनहुँमा १६ पुग्यो

तनहुँका थप ६ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १०८ पुग्यो

बन्दिपुरका कोरोना संक्रमितको सम्पर्कमा रहेकाको स्वाब संकलन: गाउँपालिका अध्यक्षसहित १०१ जनाको परीक्षणका लागी पठाईयो

तनहुँमा कोरोना संक्रमित बढेसंगै आइसोलेसन पनि थपिदै, तनहुँमा संक्रमितको संख्या १०२ पुग्यो

तनहुँका थप २ सहित गण्डकी प्रदेशका २५ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ७९२ पुग्यो

सुरक्षाकर्मीमा कोरोना पुष्टि: तनहुँको आबुखैरेनीमा पीसीआरका लागि जनप्रतिनिधिसहित ९५ जनाको स्वाब संकलन

तनहुँको म्याग्दे गाउँपालिकाका ९ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १०० पुग्यो

तनहुँको घिरिङ गाउँपालिकाको क्वारेन्टाइनमा झुन्डिएको अवस्थामा एक पुरुष मृत फेला

तनहुँको देवघाटसहित गण्डकी प्रदेशका थप ३२ जनामा कोरोना संक्रमण पुष्टि

तनहुँका १२ वर्षीय बालकसहित २ जना कोरोना जितेर घर फर्किए, निको हुनेको संख्या ९ पुग्यो

तनहुँको बन्दिपुरमा प्रहरी र स्वास्थ्यकर्मीसहित ११ जनामा कोरोना पुष्टि, बन्दिपुर गाउँपालिका पुर्ण बन्द गर्ने निर्णय

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ