दमौलीको आइसोलेसनमा युवाको सहयोग: कोरोना संक्रमितलाई एक महिनासम्म दैनिक २० लिटर दुध

दमौलीको आइसोलेसनमा युवाको सहयोग: कोरोना संक्रमितलाई एक महिनासम्म दैनिक २० लिटर दुध

Damauli ka yuwa isolationa dudh help

तनहुँ । तनहुँको दमौलीमा रहेको आइसोलेसनमा दमौलीका स्थानीय चार जना युवाले दैनिक २० लिटर सम्म दुध व्यवस्थापन गरेका छन् ।

युवाहरुले सोमबारदेखि आइसोलेसनमा बसेकाहरुको पौष्टिक आहारमा बृद्धि गर्ने उद्देश्यले एक महिनासम्म आइसोलेसनमा बसेका कोरोना संक्रमितलाई दैनिक दुध उपलब्ध गराउने भएका छन ।

व्यास नगरपालिकाले दमौलीका दुई स्थानमा बनाएको आइसोलेसन कक्षमा उपचारका लागि बस्दै आएका कोरोना संक्रमितहरुका लागि एक महिनाको लागि दुध व्यवस्थापन गरेका हुन् ।

व्यास नगरपालिका–१ विज्ञानचौर स्थित आदिकवि भानुभक्त क्याम्पस र व्यास नगरपालिका–३ स्थित व्यासगुफा नजिक स्थापना गरिएको आइसोलेसन कक्षमा रहेका संक्रमितहरुको लागि दुध व्यवस्थापन गरिएको छ ।

आइसोलेसन कक्षमा रहेका व्यक्तिहरुलाई उपचारको क्रममा पौष्ट्रिक आहारको कमि नहोस भनि असार १५ देखि श्रावण १५ गते सम्म एक महिनाको लागि चार युवा मिलेर दुध व्यवस्थापन गरेको व्यास नगरपालिका–५ का वडाध्यक्ष मोहन कुमार श्रेष्ठले बताए ।

आइसोलेसनमा दुध व्यवस्थापनका लागि व्यास नगरपालिका–५ का वडाध्यक्ष मोहन कुमार श्रेष्ठ, नेपाली काँग्रेस तनहुँका सदस्य एवं खनाल कन्स्ट्रक्सनका संञ्चालक लक्ष्मीभक्त खनाल, नेबिसंघ तनहुँका पुर्व अध्यक्ष बसन्त बहादुर आले र सुगम पेट्रोल पम्पका संञ्चालक महेश बतासले सहयोग गरेका हुन् ।

राज्यले तोकेका र दिदै गरेको सुविधा भित्र दुध नपरेको देखेपछि चार युवाहरु मिलेर सहयोग योजना अनुरुप दुध व्यवस्थापन गरिएको युवा नेता लक्ष्मीभक्त खनालले बताए ।

आवश्यकता अनुरुप जिल्ला भित्र स्थापना गरिएका आइसोलेसन तथा क्वारेन्टिनमा रहेका व्यक्तिहरुलाई आवश्यकता अनुरुप माक्स,खाजा,पानी र पौष्टिक आहार लगायतका आवश्यक वास्तु सहयोग गर्दै आएको खनालले बताए ।

सहयोग दाताहरुको व्यवस्थापनमा सोमबारबाट आईसोलेसनका संक्रमितहरुलाई दुध दिन शुरु गरिएको आदिकवि भानुभक्त क्याम्पसको आईसोलेसनका स्वंमसेवक सजय श्रेष्ठ र व्यास ३ स्थित आईसोलेसन कक्षको अहेब महेन्द्र गौतमले बताए ।

यो पनि:

तनहुँको व्यास नगरपालिकाका ५ जनामा कोरोना पुष्टि, तनहुँमा संकमितको संख्या १२४ पुग्यो

तनहुँ बन्दिपुरको ४ जना स्वास्थ्यकर्मीसहित थप १० जनामा कोरोना पुष्टि, तनहुँमा संक्रमितको संख्या ११९ पुग्यो

तनहुँका एक वर्षीय बालकसहित ६ जनाले जिते कोरोना, निको भएर घर फर्किनेको संख्या तनहुँमा १६ पुग्यो

तनहुँका थप ६ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १०८ पुग्यो

बन्दिपुरका कोरोना संक्रमितको सम्पर्कमा रहेकाको स्वाब संकलन: गाउँपालिका अध्यक्षसहित १०१ जनाको परीक्षणका लागी पठाईयो

तनहुँमा कोरोना संक्रमित बढेसंगै आइसोलेसन पनि थपिदै, तनहुँमा संक्रमितको संख्या १०२ पुग्यो

तनहुँका थप २ सहित गण्डकी प्रदेशका २५ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ७९२ पुग्यो

सुरक्षाकर्मीमा कोरोना पुष्टि: तनहुँको आबुखैरेनीमा पीसीआरका लागि जनप्रतिनिधिसहित ९५ जनाको स्वाब संकलन

तनहुँको म्याग्दे गाउँपालिकाका ९ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १०० पुग्यो

तनहुँको घिरिङ गाउँपालिकाको क्वारेन्टाइनमा झुन्डिएको अवस्थामा एक पुरुष मृत फेला

तनहुँको देवघाटसहित गण्डकी प्रदेशका थप ३२ जनामा कोरोना संक्रमण पुष्टि

तनहुँका १२ वर्षीय बालकसहित २ जना कोरोना जितेर घर फर्किए, निको हुनेको संख्या ९ पुग्यो

तनहुँको बन्दिपुरमा प्रहरी र स्वास्थ्यकर्मीसहित ११ जनामा कोरोना पुष्टि, बन्दिपुर गाउँपालिका पुर्ण बन्द गर्ने निर्णय

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ