पोखरा । राष्ट्रिय मौलिक कौरा संरक्षण समिति नेपालद्वारा स्थापित तथा नेपाल मगर पत्रकार संघ कास्कीद्वारा सञ्चालित “राष्ट्रिय मौलिक कौरा संरक्षण पत्रकारिता पुरस्कार–२०७७” तनहुँका पत्रकार प्रताप राना मगरलाई प्रदान गरिने भएको छ ।
नेपाल मगर पत्रकार संघ कास्की शाखाको सोमबार सम्पन्न बैठकले पत्रकार राना मगरलाई सो पुरस्कारबाट पुरस्कृत गर्ने निर्णय गरेको अध्यक्ष रूद्रबहादुर हितानमगरले जानकारी दिए ।
यसअघि, संघका केन्द्रीय का.वा.अध्यक्ष एमबी आस्था मगरको संयोजकत्वमा गठित पुरस्कार प्रतिभा छनौट समितिले पत्रकार रानामगरलाई पुरस्कार प्रदान गर्न सिफारिस गरेको थियो ।
छनौट समितिमा राष्ट्रिय मौलिक कौरा संरक्षण समिति, नेपालका अध्यक्ष हर्क आलेमगर, उपाध्यक्ष तारामाया थापामगर, नेपाल पत्रकार महासंघ, गण्डकी प्रदेशका सचिव रूद्र श्रीसमगर, नेपाल मगर पत्रकार संघ, कास्की शाखाका अध्यक्ष रूद्रबहादुर हितानमगर र सदस्य मीना थापामगर रहेका थिए ।
आगामी साउन १ गते प्रदान गरिने सो पुरस्कारको राशि १० हजार रुपैयाँ नगद र ताम्रपत्र रहेको छ । पुरस्कृत हुन लागेका पत्रकार रानामगर कान्तिपुर टेलिभिजनमा आबद्ध रहेका छन् ।
साथै, रानामगर नेपाल मगर पत्रकार संघको गण्डकी प्रदेश संयोजक, नेपाल पत्रकार महासंघ तनहुँ शाखाका कोषाध्यक्ष र नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) तनहुँ शाखाका अध्यक्ष हुन् ।
गण्डकी प्रदेशको लोकप्रिय मौलिक कौरा नाचको संरक्षण र प्रवद्र्धनमा पत्रकारिता मार्फत योगदान दिने पत्रकारलाई प्रदान गरिने यो पुरस्कारबाट यसअघि नवलपरासीकी पत्रकार कमला रानामगर र कास्कीका पत्रकार तिलकप्रसाद पुनमगर पुरस्कृत भइसकेका छन् ।
सम्बन्धित खबर
प्रतिभा सुपर लिग क्रिकेट सुरू, प्रतिभा र बाल मन्दिरको विजयी सुरूवात
स्याङ्जाका ५६ मतदान स्थल अति संवेदनशील
सिद्धार्थ राजमार्गमा दुर्घटनापछि कुटपिट, भीरकोटका युवक प्रहरी नियन्त्रणमा
स्याङ्जाका पत्रकार न्यौपाने एनटिभीबाट सम्मानित
फेदीखोलामा चिया खाजा घरमा चोरी, एक जना पक्राउ
ट्याङ्की मर्मत गरेर फर्किने क्रममा भीरबाट खस्दा गल्याङमा एक जनाको ज्यान गयो
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ