पृथ्वी होटल व्यवसायीद्वारा व्यवसायी र कर्मचारीको कोरोना बीमा

पृथ्वी होटल व्यवसायीद्वारा व्यवसायी र कर्मचारीको कोरोना बीमा

Prithvi Hotel Bebasahi Samiti

पोखरा । पृथ्वी होटल व्यवसायी समितिले आफ्ना मातहतका होटल व्यवसायी र कर्मचारीहरुको कोरोना बीमा गरेको छ ।

सिद्वार्थ इन्स्योरेन्स लि. पोखरा शाखा कार्यालय मार्फत १ लाख रुपैयाँ बराबरको कोरोना बीमा गरेको हो ।

व्यवसायी र कर्मचारी गरि २ सय ५४ जनाको बीमा गरिएको सस्थाका वरिष्ठ उपाध्यक्ष बालकृष्ण न्युरेले जानकारी दिए ।

संस्थाको कार्यालय पृथ्वीचोकमा अध्यक्ष हरी प्रसाद पाण्डेलाई सिद्वार्थ इन्स्योरेन्सका कार्यालय प्रमुख गोबिन्द देबकोटाले बीमा लेख हस्तान्तरण गरेका थिए ।

अध्यक्ष पाण्डेले अहिले अवस्थामा होटल व्यवसाय सर्वाधिक मारमा परेको भएतापनि भैपरी आउने अवास्थालाई मध्यनजर गर्दै व्यवसायी तथा कर्मचारीहरुको कोरोना बीमा गरिएको जानकारी दिए ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ