एजेन्सी । कोरोना संक्रमितको संख्यामा अत्यधिक वृद्धिपछि सरकारले अष्ट्रेलियाको दोस्रो ठूलो शहर मेलबर्नमा एकपटक पुनः लकडाउन गर्ने निर्णय लिएको छ ।
समाचार एजेन्सी रोयटर्सका अनुसार बुधबार राती १२ बजेखेखि यो लकडाउन लागू हुनेछ । मेलबर्नमा लकडाउनको निर्णय यस्तो समयमा लिइएको हो जब अष्ट्रेलियाका अन्य ठूला शहर र देशका अन्य भागमा नाटकीय रुपमा अधिकांश प्रतिबन्ध हटाइएको छ ।
स्थानीय मिडिया रिपोर्ट अनुसार मेलबर्नमा बस्ने करिब तीन लाख २० हजार जनतालाई अत्यावश्यक काम पर्दा मात्रै बाहिर निस्कन आग्रह गर्दै घरमै बस्न अपिल गरेका छन् ।
चार हप्ताका लागि यो लकडाउन लागू गरिँदै छ । यतिबेला स्कूल वा कलेज जान, खानपिनको सामान लिन र स्वास्थ्यकर्मीको आवतजावतमा प्रतिबन्ध लगाइने छैन । यद्यपि, सबैलाई सामाजिक दुरी कायम राख्न सुझाव दिइएको छ ।
मेलबर्न जाने सबै फ्लाइट पनि रद्द गरिएको छ र शहरमा अनावश्यक घुमेको अवस्थामा पक्राउ परे जरिवानाको प्रावधान पनि राखिएको छ ।
सरकारी आँकडाका अनुसार अष्ट्रेलियामा अहिलेसम्म ७ हजार ९ सय कोरोना संक्रमित भेटिएका छन् र १०४ जनाको कोभिड–१९ का कारण मृत्यु भइसकेको छ ।
स्रोतः बीबीसी
सम्बन्धित खबर
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
पोखरा १५ जारी निःशुल्क दन्त शिविर सकियो, ४५४ जनाले गरे दन्त परीक्षण
यो पनि पढौँ
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
कर्मचारीलाई शहरी विकास मन्त्रीको बिदाइ सम्बोधन– ‘म हारेँ, तपाईंहरूले जित्नुभयो, खुसी मनाउनुस्, भोज खानुस्’
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह
यूएईमा इरानी मिसाइल र ड्रोन आक्रमणमा ७ जनाको मृत्यु